शुक्रबार, चैत १६, २०८०
09:52 | १५:३७

राष्ट्रपतिद्वारा दुवै अध्यादेश खारेज

रासस अप्रिल २४, २०२०

राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा दुई अध्यादेश खारेज गरेकी छन् ।

यही वैशाख ८ गते जारी गरिएका ती अध्यादेश शुक्रबार खारेज गरिएको हो ।

नेपालको संविधानबमोजिम ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि’ (पहिलो संशोधन) र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीमा समेत छलफल नगरी मन्त्रीपरिषदबाट उक्त अध्यादेशको प्रस्ताव पारित गरेपछि राजनीतिक तरंग नै पैदा भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू