शुक्रबार, चैत १६, २०८०
05:05 | १०:५०

गैरआवासीय नेपालीका नियात्रा र गजल संग्रह प्रकाशन गरिने

रासस अप्रिल २१, २०२०

 

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ‘भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समिति’ ले प्रवासी नेपाली लेखकका कृति प्रकाशन गर्ने भएको छ ।

‘भिडियो कन्फ्ररेन्स’मार्फत बसेको समितिको बैठकले पहिलो चरणमा गैरआवासीय नेपालीका संस्मरण र नियात्रा तथा गजल संग्रह प्रकाशन गर्ने निर्णय गरेको हो ।

बैठकले प्रवासमा नेपाली भाषा र साहित्य प्रवर्द्धन गर्न नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यलाई बढावा दिने निर्णय समेत गरेको समितिले जनाएको छ ।

गैरआवासीय नेपाली लेखकको अभिलेख संग्रह तयार पार्ने, गैरआवासीय नेपाली साहित्य पुरस्कार कोष स्थापना गर्न छलफल अगाडि बढाउने, समितिको प्रकाशन तथा कार्यक्रमको कार्यतालिका तयार गर्ने र अनलाइन साहित्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको समितिका संयोजक हिक्मत थापाले जानकारी दिए ।

बैठकले ‘कोभिड-१९’ बाट ज्यान गुमाएका गैरआवासीय नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विरामीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू