बिहीबार, चैत १५, २०८०
14:36 | २०:२१

‘कैदीको पत्र’ रिलिज रोकिएपछि गार्डेनमा समय 
बिताउंदै सनम

नेपाली लिङ्क अप्रिल ७, २०२०

लन्डन । कोरोना भाइरसको चपेटामा 
निर्देशक सनमकुमार बैराग पनि परेका छन् । ‘लकडाउन’ का कारण बेलायतमै निर्माण भएको ‘कैदीको पत्र’ फिल्मको गीत रिलिज ढिलाई भएको छ । गीतको ‘कलर करेक्सन’ काम मात्र बांकी थियो । ‘फिल्म 
रिलिज मेमा गर्ने योजना पनि पोस्टपोण्ड भएको छ’- उनले नेपाली लिंकसंग भने । अचेल फूर्सदिलो समय गार्डेनमा काम गरेर बस्छन् उनी । ‘कोभिड १९ संक्रमण बढिरहंदा सरकारको निर्देशन पालना गर्नु नै एकमात्र विकल्प हो’- उनले भने ।

आफ्नो जीवन बेलायतमै समर्पित गरेका स्वर्गीय साहित्यकार ईश्वर मानन्धरको कथासंग्रह ‘कैदीको पत्र’ मा आधारित कैदीको पत्र ४० दिन लगाएर शतप्रतिशत छायांकन बेलायतको स्कटल्यान्डमा गरिएको हो । यसमा करिब २० जना बेलायती कलाकारले अभिनय गरेको निर्देशक बैराग बताउंछन् ।

फिल्ममा स्कटल्यान्डको एडिनबरा, क्रिफ, अबेरफेल्दी, केनमोर, ओबेन, किलिङग, ग्लास्गो आदिमा छायांकन गरिएको छ  । फिल्ममा ३५ प्रतिशत अंग्रेजी भाषा छ  । बेलायतको नेपाली नयां पुस्ता आकर्षित गर्न अंग्रेजी भाषा समावेश गरिएको सनमले बताए  ।

तीव्र महत्वाकांक्षा सन्तुलन गर्न नसकिए त्यसले अनिष्ट निम्त्याउंछ भन्ने फिल्मको मूल मर्म छ  । भिजन संसारले प्रस्तुत गरेको उक्त फिल्ममा बैरागको निर्देशन, गीत पटकथा एवं संवाद छ  । यसमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको पनि अभिनय छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू