शनिबार, वैशाख ८, २०८१
05:29 | १०:१४

चलचित्र पत्रकारलाई राहत बाँडिने

नेपाली लिङ्क अप्रिल ५, २०२०

काठमाडौं ।  कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा समस्यामा पर्ने चलचित्र पत्रकारहरुलाई राहत बाँडिने  भएको छ ।   

नेपाल चलचित्र पत्रकार संघले अफ्टेरोमा परेका आफ्ना सदस्यहरुका लागि राहत वितरण गर्ने घोषणा गरेको छ ।  

हालै निर्वाचित संघको नयाँ कार्यसमितिले कन्फरेन्स कलमार्फत बैठक बसेर राहत प्याकेजको निर्णय गरेको हो ।  

बैठकपछि वक्तव्य जारी गर्दै संघका महासचिव समीर बलामीले आफ्ना सदस्य तथा चलचित्र पत्रकारहरुका लागि दैनिक जीवनमा देखिएका समस्याहरुमा सहयोग पुग्ने गरी संघले राहत प्याकेज वितरण गर्ने घोषणा गरेको जनाएका छन्  

कार्यसमितिका पदाधिकारीहरुको सहयोगमा श्रमजीवी चलचित्र पत्रकारका लागि राहत वितरण गर्न लागेको बताइएको  छ ।  

सरकारले घोषणा गरेको ‘लकडाउन’ का कारण अहिले चलचित्र  छायांकन, प्रदर्शनदेखि सिनेमा हल समेत पूर्ण रुपमा बन्द छन् । जसकारण कैयौँ प्राविधिक र चलचित्र पत्रकार पनि  समस्यामा परेका छन् ।  

संघले जारी गरेको वक्तव्य माथि:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू