शनिबार, वैशाख ८, २०८१
17:39 | २२:२४

‘सेल्फ आइसोलेसन’ मा प्रतिष्ठा राउत

नेपाली लिङ्क अप्रिल ५, २०२०

लन्डन । मिस इंग्ल्याण्ड २०१९ सेकेन्ड रनरअप एवं मिस युनिभर्स २०२० ग्रेटब्रिटेन फाइनलिष्ट प्रतिष्ठा राउत अहिले ‘सेल्फ आइसोलेसन’ मा छिन् । झण्डै १६ दिनदेखि उनी घरैमा आराम गरिरहेकी छिन् ।

प्रतिष्ठाको लकडाउन अनुभव उनकै शब्दमा-
बितेका केही साता मेरा लागि बडो ‘सकसपूर्ण’ भए । बेलायतमा लकडाउन हुनुअघि नै म ‘सेल्फ आइसोलेसन’ मा थिएं किनभने मलाई उच्च ज्वरो, हल्का खोकी, जीउ, टाउको, छाती दुख्ने अनि अल्छी लाग्ने जस्ता लक्षण देखिएको थियो । तर, म भाग्यमानी पनि छु किनकि मेरो दाई डाक्टर भएकाले जुनैपनि बेला म उहांलाई सम्पर्क गर्न सक्थें । उहांले म आइसोलेसनमा बसेका बेला धेरै सहयोग पनि गर्नुभयो । उहांले के गर्न हुन्छ के हुन्न सल्लाह दिनुहुन्थ्यो । यो बेला शान्त भएर बस्न उहां सुझाउनुहुन्थो ।

आइसोलेसनका बेला मैले केही गर्न सकिन, बेडरेस्टबाहेक । सुतिराख्न मात्र मन लाग्थ्यो । ९ दिनको बेड रेस्टपछि जब मलाई लाग्यो म कोरोना भाइरसबाट अब मुक्त भएं, मलाई खानेकुराको भने स्वाद सबै 
हराए जस्तो भयो । बास्ना पनि महशुस नहुने । म अहिले पूर्णरुपमा निको भएको छु तर अझै खानेकुराको स्वाद थाहा पाउन सकिरहेको छैन्, आशा छ छिट्टै पाउनेछु । बरु ‘वेट’ भने बढिरहेको छ ।

१६ दिन भएछ, मैले कसैलाई देखे-भेटेको, छैन् । ५० प्लस हुनुभएका बुबा आमालाई पनि भेट्न पाएको छैन् । यो क्षण सांच्चिकै कठिन हुने रहेछ । मैले घरैबाट काम गरिरहेकी छु । यो बेला घरैमा बस्नुको विकल्प पनि छैन् । अहिले म वेवसाइट डिजाइन गर्न सिकिरहेकी छु । यो सबै ल्यापटपबाट हुने भएकाले शारिरीक बल आवश्यक नहुंदा काम गर्न सम्भव भएको हो ।

अहिले म सन्चो भएको छु । अब केही थाती रहेका प्रोजेक्टहरु सक्न लागिरहेको छु । म ‘लकडाउन’ का बेला आफ्नो कोठा सजावटका काम गर्छु । आफ्नै रोजाइका फर्निचरहरु डिजाइन गरेकी छु । आशा छ, यो महामारी छिट्टै रोकथाम भएर पूर्ववत दैनिकीमा फर्कन पाइनेछ । तपाईंहरु पनि सबैजना सुरक्षित रहनुहोस् । (कुराकानीमा आधारित)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू