बुधबार, वैशाख १२, २०८१
17:25 | २२:१०

बेलायतमा एक दिनमै ३ सय ८१ को मृत्यु

मृत्यु हुनेको कुल संख्या १ हजार ७ सय ८९

नेपाली लिङ्क मार्च ३१, २०२०

लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एक दिनमै ३ सय ८१ जनाको मृत्यु भएको छ । मंगलबार जारी गरिएको तथ्यांकअनुसार कोरोनाबाट बेलायतमा ज्यान गुमाउनेको कुल संख्या १ हजार ७ सय ८९ पुगेको छ । यो तथ्यांक सोमबार साँझ ५ बजेसम्मको हो ।

बेलायतमा कोरोनाबाट २४ घण्टाको अवधिमा मृत्यु हुनेको संख्या अहिलेसम्म यो नै सबैभन्दा बढि हो ।

बेलायतमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या पनि बढेर २५ हजार १ सय ५० पुगेको छ । जुन संख्या एक साताअघि ८ हजार ७७ मात्रै थियो ।

मंगलबार बिहानसम्म बेलायतमा कुल १ लाख ४३ हजार १ सय ८६ जनामा कोरोना भाइरसको परिक्षण गरिएको छ । जसमध्ये २५ हजार १ सय ५० मा संक्रमण पोजिटिभ देखिएको छ ।

यसैबीच, बलायत सरकारले हजारौं भेन्टिलेटरहरु थप गर्ने प्रतिबद्धता गरेको छ । प्रधानमन्त्री कार्यालयको दैनिक कोरोना ब्रिफिङमा क्याबिनेट अफिस मन्त्री माइकल गोभले ती भेन्टिलेटर आउँदो सातासम्म बेलायत आइपुग्ने जानकारी दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू