शुक्रबार, चैत १६, २०८०
07:27 | १३:१२

गीताको नेपाली अनुवाद निःशुल्क वितरण गर्ने महाअभियान सुरु   

रासस जनवरी २०, २०२३

काठमाडौँ—एक करोड मानिसलाई श्रीमद्भागवद् गीता ग्रन्थको नेपाली भावानुवाद छापेर निःशुल्क वितरण गर्ने महाअभियान सुरु भएको छ । तीन महिनाअघिदेखि यो महाअभियान सुरु भएको हो ।

सालिकराम उपाध्याय घिमिरेको संयोजकत्वमा प्रकाशन समिति गठन गरेर एक करोड गीतादान महाअभियान सुरु गरिएको अभियानकर्मी एवं नेपाल सरकारका पूर्वसहसचिव डा बद्री पोखरेलले जानकारी दिए । पहिलो संस्करणमा २१ हजार प्रति गीता छापिएको छ । 

विभिन्न देशको यात्राका क्रममा क्रिश्चियनका हातमा ‘बाइबल’, मुस्लिमका हातमा ‘कुरान’ देखेपछि नेपाली भाषी हिन्दूका हातमा गीता होस् भनेर यो महाअभियान सुरु गरिएको जयतु संस्कृतम् संस्थाको अध्यक्षसमेत रहेका पोखरेलले बताए ।

गीतालाई अङ्ग्रेजी भाषामा पनि श्लोकपिच्छे भावानुवाद गरेर प्रकाशन गर्ने तयारी गरिएको समितिले जनाएको छ । 

महाअभियानका लागि सहयोग गर्न चाहने दाताबाट सहयोग लिई नसक्नेका लागि निःशुल्क गीतादान गरिनेछ । हाल महाअभियानमा १८ जना सहभागी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू