बुधबार, वैशाख १२, २०८१
23:05 | ०३:५०

लन्डनमा निधन भएका युवाको परिवारलाई ग्रीनवीच भलिबल परिवारको सहयोग

नेपाली लिङ्क मार्च ७, २०२१

लन्डन । दुई महिनाअघि असमायिक निधन भएका लन्डनका एक नेपाली युवाको परिवारलाई आर्थिक सहायता उपलब्ध गराइएको छ ।

साउथ इष्ट लन्डनको प्लमस्टिड बस्दै आएका ३४ वर्षीय दूतप्रसाद (प्रदिन) थापाको गत जनवरी ५ का दिन निधन भएकोमा स्थानीय ग्रीनवीच भलिबल परिवारले सो सहयोग प्रदान गरेको हो ।  

भलिबल परिवारकै एक सदस्य मुदिन थापाका दाजु समेत रहेका स्वर्गीय प्रदिनको परिवारलाई १ हजार ३  सय ६४ पाउन्ड सहयोग गरिएको हो ।  ग्रीनवीच भलिबल परिवारका प्रतिनिधिहरुले शुक्रबार थापा परिवारलाई सहयोग रकम हस्तान्तरण गरिसकेको सचिव कृष्ण खरेलले नेपाली लिँकलाई जानकारी दिए ।  

सहयोग रकम जुटाउन भलिबल परिवारमा आबद्ध साउथ इष्ट लन्डनस्थित खेलाडी तथा युवाहरुले आर्थिक सहयोग गरेका थिए । 

यसैबीच, स्वर्गीय थापाको परिवारलाई प्लमस्टिडस्थित जमघट परिवारका तर्फबाट पनि ३ सय ९५ पाउन्डको सहयोग प्रदान गरिएको छ ।

त्यस्तै, मगर संघ साउथ इष्टको तर्फबाट ८ सय ८२ पाउन्डको सहयोग थापा परिवारलाई हस्तान्तरण गरिएको छ । उक्त रकम ग्रीनवीच भलिबल परिवारका अध्यक्ष रविन्द्र रोकाको पहलमा संकलन भएको हो ।

यसअघि प्लमस्टिड बस्दै आएका दूतप्रसाद (प्रदिन) थापाको गत जनवरी ५ मा सुतेकै अवस्थामा निधन भएको थियो । पारिवारिक स्रोतका अनुसार अघिल्लो दिन ठीकठाक सुतेका उनी भोलिपल्ट बिहान एक्कासी मृत अवस्थामा भेटिएका थिए ।  

नेपालमा स्याङ्जा घर भएका उनी दिदीभाइका साथ बेलायत बस्दै आएका थिए । उनका श्रीमती र १३ वर्षकी छोरी नेपालमै छन् ।

स्वर्गीय थापालाई चिन्नेहरुले उनलाई एक भद्र र मिलनसार व्यक्तिका रुपमा सम्झिएका छन् ।  

सहयोगदाताको नामावली  : 


प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू