बिहीबार, चैत १५, २०८०
17:32 | २३:१७

विश्व कोरोना अपडेट: थप तीन नेपालीको निधन

यूएईमा २ र पोर्चुगलमा १ जनाको निधन

नेपाली लिङ्क फ्रेब्रवरी २८, २०२१

लन्डन । कोरोना भाइरसका कारण योसाता विदेशमा थप तीनजना नेपालीले ज्यान गुमाएका छन् ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म यूएईमा २ र पोर्चुगलमा १ जनाको संक्रमणबाट निधन भएको हो ।

योसंगै  कोरोना संक्रमणका कारण विभिन्न २१ देशमा  निधन हुने नेपालीको संख्या ३ सय ३९ पुगेको छ ।

यसैगरी ५३ देशमा रहेका ६२ हजार ४ सय १ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको संघले जारी गरेको तथ्यांकमा उल्लेख छ ।तीमध्ये ६० हजार १ सय २४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार यो साता पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब र कतारमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

यो साता इटाली, युक्रेनका नेपालीमा पहिलो पटक संक्रमण देखिएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू