


लन्डन । कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा करिब १० हजार नयां संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले दिएको पछिल्लो जानकारी अनुसार बुधबार थप ९ हजार ९३८ जना नयां संक्रमित थपिएका हुन् ।
थपिएका नयां संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ४१ लाख ४४ हजार ५७७ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा ४४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससंगै बेलायतमा कुल मृतक संख्या एक लाख २१ हजार ७४७ पुगेको स्वास्थ्य विभागको तथ्याँकमा उल्लेख छ ।
हाल बेलायतमा उपचार गरिरहेका कोरोना संक्रमितको संख्या १६ हजार ८०३ मा झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या पनि दुई हजार २७३ पुगेको छ ।
एक करोड ८२ लाख बढीले लगाए खोप
बेलायतमा कोरोना विरुद्धको खोप अभियान शुरु भएयता एक करोड ८२ लाख बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । हालसम्म एक करोड ८२ लाख ४२ हजार ८७३ जनाले खोपको पहिलो डोज लिएका छन् ।
यसैगरी छ लाख ६९ हजार १०५ जनाले खोपको दोस्रो डोज समेत लिइसकेका छन् । हाल बेलायतमा ६५ देखि ६९ वर्षकालाई खोप वितरण भइरहेको छ ।


