शुक्रबार, वैशाख १४, २०८१
14:24 | १९:०९

नेदरल्याण्डमा कोभिड नियन्त्रण गर्न मार्च १५ सम्म कर्फ्यू

रासस-सिन्ह्वा फ्रेब्रवरी २४, २०२१

नेदरल्याण्ड । ‘कोभिड १९’ संक्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कर्फ्यूको समय बढाइएको छ । डच प्रधानमन्त्री मार्क रुटले नेदरल्याण्ड्समा अहिले पनि दोस्रो वेभका भाइरसको प्रकोप बढ्दो रुपमा रहेका कारण देशका विभिन्न भूभागमा कर्फ्यू लगाइएको बताए 

प्रधानमन्त्री रुटले भने, ‘हामी सहज अवस्थाको पर्खाइमा छौँ, हामीले कोरोना भाइरसको संक्रमण बढ्दो मात्रामा रहेकाले यसको निराकरणका लागि विभिन्न चरणमा प्रयासहरु जारी राखेका छौँ, अबका दिनमा पनि भाइरसको अर्काे वेभ आउन सक्ने खतरा रहेकोले त्यसको सुरक्षाका लागि हामीले प्रयास गरिरहेका छौँ ।’

मंगलबार पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री रुटले स्वास्थ्य अधिकारीहरु र स्वास्थ्यसम्बन्धी विज्ञहरुले छलफल गरेर आगामी दिनमा के कसरी भाइरस संक्रमणको जोखिम घटाउने भनेर काम गरिरहेका बताए । 

उनले आगामी मार्च ३ तारिखदेखि भने अहिलेका कडा खालका प्रावधानहरु केही खुकुलो बनाउने जानकारी दिए । प्राथमिक विद्यालयहरु खोल्ने, किनमेल गर्न पाउने समय पनि बढाउने र अरु पनि केही प्रावधानहरुमा खुकुलो बनाउने उनको भनाइ छ   

प्रधानमन्त्री रुटका अनुसार कर्फ्यूको अवस्था भने हट्ने छैन । अहिले कतिपय स्थानमा विभिन्न समयमा कर्फ्यूको घोषणा गरिएको छ जसलाई मार्च १५ तारिखसम्म लम्ब्याउने जानकारी दिइएको छ । 

नेदरल्यण्डमा जनवरी २३ देखि राति ९ बजेदेखि बिहान ४:३० बजेसम्म कर्फ्यू लगाइएको छ । यहाँका नागरिकले सरकारले लगाएको यो कर्फ्यूको विरोध गरिरहेका भएपनि सरकारले भने यो बाध्यतालाई बुझिदिन सबै नागरिकसँग अनुरोध गरेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू