बिहीबार, वैशाख १३, २०८१
20:26 | ०१:११

बेलायतमा कोरोना संक्रमित संख्या निरन्तर घट्दै

नेपाली लिङ्क फ्रेब्रवरी २२, २०२१

लन्डन । पछिल्लो २४ घन्टामा बेलायतमा १७८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । धेरै समयपछि मृतक संख्यामा यति धेरै कमी आएको हो । यससंगै बेलायतमा कुल मृतक संख्या एक लाख २० हजार ७५७  पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ ।

यसैगरी बितेको २४ घन्टामा कोरोना संक्रमितको संख्या १० हजार ६४१ जना नयां संक्रमित थपिएका छन् । थपिएका नयांसंगै  बेलायतमा कोरोना संक्रमितको संख्या ४१ लाख २६ हजार १५०   पुगेको छ ।

बेलायतको अस्पतालमा बढेको अत्यधिक चाप पनि अहिले निकै कम छ । अघिल्लो महिना अस्पतालमा उपचार गराउनेको संख्या ४० हजार नाघेकोमा अहिलो यो संख्या घटेर १८ हजारको  हाराहारीमा पुगेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या पनि  घटेर दुई हजार ४६९ मा झरेको छ ।

एक करोड ७७ लाख बढीले लगाए खोप

बेलायतमा कोरोना विरुद्धको खोप अभियान शुरु भएयता एक करोड ७७ लाख बढीले खोप लगाएका छन् ।

आइतबारसम्म सार्वजनिक तथ्याँक अनुसार हालसम्म एक करोड ७७ लाख २३  हजार ८४० जनाले खोपको पहिलो डोज लिएका छन् । यसैगरी छ लाख २४ हजार ३२५ जनाले दोस्रो डोज समेत लिइसकेका छन् ।

हाल बेलायतमा ६५ देखि ६९ वर्षबीचकालाई खोप वितरण गरिंदैछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू