शुक्रबार, चैत १६, २०८०
01:54 | ०७:३९

नेपालमा थप १ सय ३० मा संक्रमण, ७ को मृत्‍यु

रासस फ्रेब्रवरी ८, २०२१

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३३३ जनाको स्वास्थ्य परीक्षण गर्दा १३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

अहिलेसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ७२ हजार ५५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १९४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै उपचारपछि निको भएर घर फर्किनेको संख्या दुई लाख ६८ हजार २६६ पुगेको छ । 

मन्त्रालयका अनुसार अहिले देशभर एक हजार ७४४ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ९२ जना क्वारेन्टिनमा र एक हजार ७४४ जना आइसोलेशनमा छन् । हालसम्म नेपालमा २०  लाख ९६  हजार ७५० को पिसिआर परीक्षण भएको छ । सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा एक हजार १२० रहेको छ ।

थप सात जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या दुई हजार ४५ पुगेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू