शुक्रबार, चैत १६, २०८०
08:11 | १३:५६

कोरोना अपडेट: २८ हजार बढी नयां संक्रमित

१२३९ जनाको मृत्यु

नेपाली लिङ्क जनवरी २८, २०२१

लन्डन । बेलायतमा कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टाभित्र थप १२३९ जनाको मृत्यु भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख तीन हजार १२६  पुगेको छ ।

अघिल्लो दिन कोरोनाबाट एक हजार ७२५ जनाको मृत्यु भएको थियो । स्वास्थ्य विभागको तथ्याँक अनुसार २२ देखि २८ जनवरीसम्म एक साताको अवधिमा ८ हजार ५ सय ४६ जनाको मृत्यु भएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा २८  हजार ६८० जना नयां संक्रमित थपिएका छन् । यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३७ लाख ४३ हजार ७३४ पुगेको छ ।

बेलायतका अस्पतालमा हाल झन्डै ३७ हजार संक्रमितको उपचार भइरहेको छ भने झन्डै चार हजार संक्रमित भेन्टिलेटरमा उपचारार्थ छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू