शुक्रबार, चैत १६, २०८०
13:11 | १८:५६

बेलायतमा कोरोना संक्रमित एक महिनायताकै कम

५९२ को मृत्यु

नेपाली लिङ्क जनवरी २५, २०२१

लन्डन । बेलायतमा कोरोना माहामारीको दोस्रो लहर शुरु भएयता पछिल्लो एक महिनापछि संक्रमित संख्यामा कमी आएको छ । पछिल्लो समयमा देखिएको नयां भाइरसका कारण बेलायतमा एकैदिन झन्डै ७० हजार संक्रमित पुगेका थिए ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्याँक अनुसार बितेको २४ घन्टामा २२ हजार १९५ नयां संक्रमित थपिएका छन् । यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३६ लाख ६९ हजार ६५८ पुगेको छ ।

यसैगरि बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि विगत दुई दिनदेखि ओरालो लागेको छ । पछिल्लो २४ घन्टामा थप ५९२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अघिल्लो दिन आइतबार ६१० जनाको मृत्यु भएको थियो । सामन्यतया ‘वीकेन्ड’ मा सार्वजनिक तथ्यांक अन्य दिनको तुलनामा केहि कम हुने गरेको छ  । सोमबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा कोरोना मृतक संख्या ९८ हजार ५३१ पुगेको छ ।

संक्रमणदर बढेसंगै अस्पतालमा भर्ना हुने कोरोना संक्रमितको संख्या पनि महामारीयताकै उच्च बिन्दुमा पुगेको छ । हाल बेलायतमा अस्पतालमा झन्डै ३८ हजार कोरोना संक्रमितको उपचार भैरहेको छ भने चार हजार भन्दा बढी भेन्टिलेटर बेडमा रहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू