शुक्रबार, चैत १६, २०८०
13:07 | १८:५२

अर्जेन्टिनामा पनि संक्रमित संख्या १० लाख नाघ्यो

रासस/ एपी अक्टोबर २०, २०२०

अर्जेन्टिना । अर्जेनिटनामा सोमबारसम्ममा कोभिड–१९ संक्रमितको संख्या १० लाखभन्दा बढी पुगेको छ । राजधानी ब्युनर्स आयर्समा सबैभन्दा बढी संक्रमित रहेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

विवरण अनुसार पछिल्लो २४ घण्टामा अर्जेन्टिनामा १२ हजार ९८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अर्जेनिटनामा संक्रमितमध्ये अहिलेसम्म कूल २६ हजार ७०० व्यक्तिको मृत्यु भएको सरकारी तथ्यांक छ ।

स्वास्थ्य मन्त्रालयबाट उपलब्ध गराइएको तथ्यांकअनुसार अर्जेन्टिनामा कूल आठ लाख संक्रमणक भइ घर फर्किएका छन् । विश्वमा अमेरिका, भारत, ब्राजिल र रूसपछि धेरै कोभिड–१९ संक्रमित रहेको मुलुक अर्जेन्टिना हो ।

विश्वमा कोरोनाभाइरसका कारण मंगलबारसम्म चार करोड ७१ लाखभन्दा बढी व्यक्ति संक्रमित बनेको पुष्टि भएको छ । विश्वभर कोभिड–१९ संक्रमित ११ लाख २३ हजार ८६८ व्यक्तिको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू