शुक्रबार, चैत १६, २०८०
07:56 | १३:४१

नेपाली दूतावास लण्डनद्वारा विकास सम्मेलन

शिक्षा, स्वास्थ्य तथा कृषि विज्ञहरुको कार्यपत्र प्रस्तुत

नेपाली लिङ्क अक्टोबर १८, २०२०

लन्डन । नेपाली दूतावास लन्डनमा शनिबार भर्चुअल नेपाल विकास सम्मेलन भएको छ । आयरल्याण्ड तथा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको सभापतित्वमा सम्पन्न उक्त सम्मेलनमा नेपाल तथा आयरल्याण्डमा शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा कार्यरत विज्ञहरुले कार्यपत्र प्रस्तुत गरे ।

राजदूत सुवेदीले प्रवासमा रहेका नेपाली विज्ञहरुसँग रहेको सीप, क्षमता र अनुभव नेपालको विकासमा उपयोगी हुने भन्दै नेपाल सरकारले परराष्ट्र मन्त्रालय अन्तर्गत स्थापना गरेको ‘ब्रेन गेन सेन्टर’ सँग आवद्ध हुन प्रवासी नेपालीहरुलाई अनुरोध गरे ।

कार्यक्रममा शुभकामना मन्तव्य दिंदै युरोपेली संघको इरास्मस कार्यक्रमको अन्तर्राष्ट्रिय शिक्षा विभागका प्रमुख जेरी ओ सुलिभानले भविष्यमा अन्तर्राष्ट्रिय सहकार्यको महत्व अझ बढी हुने बताए । आगामी दिनमा नेपाली विद्यार्थीहरुलाई स्वागत गर्न आयरल्याण्ड तयार रहेको पनि उनको धारणा थियो ।

सम्मेलनमा ‘सेन्टर फर आई रिसर्च’ आयरल्याण्डमा कार्यरत डा. नवीन पौडेलले बालबालिकाको दृष्टिक्षमता सम्बन्धी, वाग्मती प्रदेशका प्रदेश सचिव डा. हरि लम्साल, काठमाण्डौ विश्वविद्यालय ‘स्कुल अफ एजुकेशन’ का प्राध्यापक लक्ष्मण ज्ञवाली एवं आयरल्याण्डको School of Applied Language and Intercultural Studies मा विद्यावारिधी गरिरहेका सगुन श्रेष्ठले शिक्षा तथा सिकाईसम्बन्धी, आयरल्याण्डको Eurofins BioPharma Product Testing Ireland Ltd मा कार्यरत डा. केशव मल्ल एवं नेपाल कृषि अनुसन्धान परिषद्मा कार्यरत  सृजन पोखरेलले कृषि क्षेत्रसम्बन्धी तथा Galway National University of Ireland मा कार्यरत डा. योगेश आचार्यले कोभिड-१९  सम्बन्धी कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।

सम्मेलनका आयोजनाका लागि सगुन श्रेष्ठ, एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष तथा पूर्व संरक्षक नवराज कोइरालालगायत आयरल्याण्डवासी नेपालीले सहयोग गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू