शुक्रबार, चैत १६, २०८०
00:32 | ०६:१७

ट्रम्पका छोरा ब्यारोनलाई पनि कोभिड

रासस–एएनआई अक्टोबर १५, २०२०

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । प्रथम महिला मेलानिया ट्रम्पले ह्वाइट हाउसको वेबसाइटमा छोरा ब्यारोनलाई कोभिड–१९ संक्रमण देखिएको लेखेकी छन् ।  

राष्ट्रपति डोनाल्ड ट्रम्पसहित आफू र छोरा ब्यारोनलाई कोभिड–१९ को संक्रमण देखिएको उनले बताइन् । 

राष्ट्रपति ट्रम्पका छोरा ब्यारोन आफ्ना पाँच सन्तानमध्ये सबैभन्दा कान्छा हुन् । तर उनलाई कुनै लक्षण भने देखिएको थिएन । 

प्रथम महिला मेलानियाले भनेकी छन् ‘परिवारका हामी तीनै जनालाई एकै पटक कोभिड–१९ देखियो र यसबाट हामीले एक अर्कालाई ध्यान दिन सक्ने अवस्था सिर्जना भयो । राष्ट्रपति ट्रम्प भने निको भइसक्नु भएको छ ।’

ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले संवाददाताहरुलाई छोरा ब्यारोनको स्वास्थ्य अवस्था ठीक रहेको जानकारी दिए । प्रथम महिला मेलानीयाले आफ्नो पछिल्लो स्वास्थ्य रिपोर्टमा कोरोना नेगेटिभ देखिएको बताइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू