शुक्रबार, वैशाख १४, २०८१
23:31 | ०४:१६

मिलन नेवार र राजनराजको ‘ताल्चा लगाउ’ सार्वजनिक

नेपाली लिङ्क अक्टोबर ९, २०२०

काठमाडौं । गायिका मिलन नेवार र राजनराज सिवाकोटीद्वारा स्वरबद्ध ‘ताल्चा लगाउ’ बोलको गीतको म्यूजिक भिडियो शुक्रबार  सार्वजनिक भएको  छ  ।

यस गीतमा पछिल्लो समय चर्चाको शिखरमा रहेका गीतकार तथा संगीतकार राजनराजको शब्द तथा संगीत छ । गायकद्वय नेपाली सांगीतिक धरातलमा निकै लोकप्रिय अनि सफल कलाकारको रुपमा स्थापित छन् ।

मार्मिक एवं मन छुने शब्दले भरिपूर्ण यस गीतले दर्शक र स्रोताको मन जित्ने अपेक्षा गरिएको छ । राजेश पुमा राईको निर्देशन रहेको ‘ताल्चा लगाउ’ को म्यूजिक भिडियोमा गायिका मिलन, गायक राजनराज र दिनेश काफ्लेलाई ‘फिचरिङ’ गरिएको छ ।

दिक्षित पौडेलको एरेन्ज रहेको उक्त गीतको नृत्य निर्देशन भने सुमन नेवारले गरेका छन् ।

‘ताल्चा लगाउ’ गीतको म्यूजिक भिडियो-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू