बिहीबार, वैशाख १३, २०८१
08:49 | १३:३४

अमेरिकामा बैंक लुट्दै गर्दा पक्राउ परे लामा

नेपाली लिङ्क अक्टोबर ७, २०२०

न्यूयोर्क ।अमेरिकाको मेरिल्याण्डमा बैंक लुटपाट गर्दागर्दै ३० वर्षीय सम्राट लामा पक्राउ परेका छन् । गेथसबर्गमा बैंक लुटपाट गर्न लागेको अवस्थामा मोन्टगोमरी काउन्टी छैठौं डिस्ट्क्ट र गेथसबर्ग प्रहरी विभागका अधिकारीहरुले लामालाई पक्राउ गरेका हुन्

मंगलबार विहान १० बजेर २ मिनेट जाँदा बैंकका कर्मचारीले ९११ मा फोन गरेका थिए । कर्मचारीले ६०७ नर्थ फेडरिक एभिन्युमा रहेको वेल्स फार्गो बैंकमा लुटपाट भइरहेको जानकारी दिएका थिए ।

फोनकल प्राप्त भएको दुई मिनेटपछि नै प्रहरीहरु बैंकमा पुगेका थिए । जतिबेला लामा बैंकभित्रै थिए, भाग्न पाएका थिएनन् । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर हिराशतमा लिएको हो ।

सुरुमा लामा बैंकमा प्रवेश गरेर आफूले बचत खाता खोल्न चाहेको कर्मचारीलाई बताएको अनुसन्धानबाट खुलेको छ । त्यसैबीचमा उनले झोलाबाट चक्कु निकालेर कर्मचारीलाई ताकेका थिए । त्यसपछि उनले कर्मचारीलाई पैसा निकालेर फोहोर फयाक्ने झोलामा राख्न चेतावनी दिएका थिए ।

फोहोर फ्याक्ने झोला लामाले आफ्नै झोलाबाट निकालेर बैंकका कर्मचारीलाई दिएको अनुसन्धानबाट खुलेको छ । त्यसपछि लामा ड्राइभ थ्रु  टेलरसमक्ष पुगेर अरु धेरै रकम मागेका थिए । जब उनी बैंकको लबीमा फर्किए, तब प्रहरी अधिकारीहरु त्यहाँ आइसकेका थिए । त्यसपछि उनी प्रहरीको फन्दामा परे ।

लामालाई सेन्ट्रल प्रोसेसिङ युनिटमा स्थानान्तरण गरिएको जनाइएको छ । उनलाई हातहतियारसहित लुटपाटमा संलग्न भएको अभियोग लगाइएको छ भने कुनै जमानत समेत दिइएको छैन ।

लामा कुन देशका नागरिक हुन् भन्नेबारे केही खुलाइएको छैन । उनी कुन स्थानमा बस्दै आएका थिए भन्नेबारे पनि केही जानकारी प्राप्त भएको छैन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू