बुधबार, वैशाख १२, २०८१
06:01 | १०:४६

नेपालमा थप २ हजार १ सय २० संक्रमित, ८ को मृत्यु

२ हजार ४४ संक्रमित निको

रासस अक्टोबर ३, २०२०

काठमाडौं । गत २४ घण्टामा उपत्यकामा एक हजार १७७ सहित गरी देशैभर दुई हजार १२० मा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ मुक्त भई घर फर्किनेको सङ्ख्या दुई हजार ४४ रहेको जानकारी दिए ।

हालसम्म देशभरी जम्मा सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ३०२ छ । संस्थागत आइसोलेसनमा रहनुभएका व्यक्तिहरुको सङ्ख्या ९ हजार ७७३ छ । प्रदेश १ मा २४०, प्रदेश २ मा ६११, बाग्मती प्रदेशमा छ हजार ८९३, गण्डकी प्रदेशमा ३८७, प्रदेश ५ मा ९५१, कर्णाली प्रदेशमा ३७७ र सुदुरपश्चिम प्रदेशमा ३१४ जना छन् ।

प्रवक्ता गौतमका अनुसार, होम आइसोलेसनमा रहेका व्यक्तिहरुको सङ्ख्या प्रदेश १ मा एक हजार ७०५, प्रदेश २ मा ५१८, बाग्मती प्रदेशमा सात हजार ३७, गण्डकी प्रदेशमा ५३२, प्रदेश ५ मा एक हजार २०५, कर्णाली प्रदेशमा २३०, सुदुरपश्चिम प्रदेशमा ३०२ जना गरी जम्मा एघार हजार ५२९ जना छन् ।

गत २४ घण्टामा गरिएको पिसिआर १२ हजार ९७८ मा गरिएको छ । त्योसँगै हालसम्म १० लाख ६१ हजार ६६४ परीक्षण गरिएको छ । क्वारेन्टिनमा रहनुभएका व्यक्तिहरुको सङ्ख्या ४ हजार २७३ छ ।

प्रदेशअनुसार प्रदेश १ मा ५०८, प्रदेश २ मा १२७, बाग्मती प्रदेशमा ५०७, गण्डकी प्रदेशमा ६४१, प्रदेश ५ मा एक हजार २०९, कर्णाली प्रदेशमा ६०३ र सुदुरपश्चिम प्रदेशमा एक हजार ६७८ जना रहेका छन् । सङ्क्रमण मुक्त भई हालसम्म घर फर्कनेको सङ्ख्या ६२ हजार ७४० जना रहेका छन् ।

कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या ७४.१ प्रतिशत छ । देशैभरी आइसियुमा उपचाररत विरामीको सङ्ख्या २१७ छ । भेन्टिलेटरमा उपचारत सङ्ख्या जम्मा ३१ छ । कोभिड–१९ बाट ८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ५२८ पुगेको छ ।

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढि सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

विश्वमा हालसम्मको तथ्याङ्क हेर्दा तीन करोड ४८ लाख ३७ हजार ४२ जना व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । त्यसमा निको हुनेको सङ्ख्या दुई करोड ५१ लाख ५७ हजार ६६० छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू