बुधबार, वैशाख १२, २०८१
12:58 | १७:४३

नेपालमा एक हजार ५ सय ५९ संक्रमित थपिए

थप ७ संक्रमितको मृत्यु

रासस सेप्टेम्बर ३०, २०२०


काठमाडौं । गत २४ घण्टामा एक हजार ५५९ मा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ मुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ५७ रहेको जानकारी दिए ।

हालसम्म देशभरि जम्मा उपचाररत सङ्क्रमितहरुको सङ्ख्या २० हजार ८९१ छ । संस्थागत आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या १० हजार ८७ छ । यसमा प्रदेश १ मा ३५६, प्रदेश २ मा ६१६, बाग्मती प्रदेशमा सात हजार ६३, गण्डकी प्रदेशमा ४८१, प्रदेश ५ मा ८७७, कर्णाली प्रदेशमा ३३५ र सुदूरपश्चिम प्रदेशमा ३५९ जना छन् । 

प्रवक्ता गौतमका अनुसार होमआइसोलेशनमा रहेका व्यक्तिहरुको सङ्ख्या प्रदेश १ मा एक हजार ५०५, प्रदेश २ मा ५७७, बाग्मती प्रदेशमा छ हजार ५५५, गण्डकी प्रदेशमा ४८९, प्रदेश ५ मा एक हजार २६५, कर्णाली प्रदेशमा २६५, सुदूरपश्चिम प्रदेशमा १४८ जना गरी जम्मा १० हजार ८०४ जना रहेको छ । 

विगत २४ घण्टामा गरिएको पिसीआर परीक्षण १२ हजार २०५ मा गरिएको छ । त्यो सँगै हालसम्म १० लाख २१ हजार ५०३ परीक्षण गरिएको छ । क्वारेन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या पाँच हजार ४२८ छ ।

प्रदेश अनसार प्रदेश १ मा ५५६, प्रदेश २ मा १५७, बाग्मती प्रदेशमा ५००, गण्डकी प्रदेशमा ६४१, प्रदेश ५ मा एक हजार १९७, कर्णाली प्रदेशमा ६८९ र सुदूरपश्चिम प्रदेशमा एक हजार ६८८ जना छन् । 

सङ्क्रमण मुक्त भई हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ५६ हजार ४२८ जना रहेको छ । प्रदेश १ बाट पाँच हजार ९४, प्रदेश २ बाट १३ हजार ७३९, बाग्मती प्रदेशबाट १५ हजार ७०५, गण्डकी प्रदेशबाट तीन हजार ३४८, प्रदेश ५ बाट आठ हजार ७५९, कर्णाली प्रदेशबाट दुई हजार ९१५, सुदूरपश्चिम प्रदेशबाट छ हजार ८६८ जना छन् । 

कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या ७२.५ प्रतिशत छ । देशैभरि आइसियुमा उपचाररत बिरामीको सङ्ख्या २०१ छ । भेन्टिलेटरमा उपचारत सङ्ख्या जम्मा ३० रहेको छ । कोभिड–१९ बाट सातजनाको मृत्यु भएको छ । यो सँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ४९८ पुगेको छ । 

पाँच सयभन्दा बढी सङ्क्रमित रहेको जिल्लाहरुमा मोरङ, सिरहा, सुनसरी, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही गरी आठ जिल्ला छन् । 

कोभिड–१९ शून्य भएका जिल्लाहरुमा मनाङ, मुस्ताङ, डोल्पा, मुगु रहेका छन् । विश्वमा हालसम्मको तथ्याङ्क हेर्दा तीन करोड ३८ लाख ५२ हजार ४८ जना व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । त्यसमा निको हुनेको सङ्ख्या दुई करोड ५१ लाख ५७ हजार ६६० छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू