शनिबार, वैशाख ८, २०८१
20:00 | ००:४५

बेलायतमा मध्य अक्टोबरसम्म दैनिक ५० हजार 
संक्रमित पुग्ने चेतावनी

बेलायत कोभिडको जटिल बिन्दूमा

नेपाली लिङ्क सेप्टेम्बर २१, २०२०

लन्डन । बेलायत सरकारका प्रमुख बैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले अहिले नै कोरोना भाइरस संक्रमण रोक्ने प्रयास नगरिए अक्टोबर मध्यसम्म दैनिक ५० हजार संक्रमित हुने चेतावनी दिएका छन् । सोमबार बिहान प्रधानमन्त्री कार्यालबाट टेलिभिजन सम्बोधन गर्दै भ्यालेन्सले दैनिक २०० जनाका दरले मृत्यु हुन सक्ने पनि बताए । अहिले प्रत्येक साता संक्रमित दोब्बर बढेका उनले जनाएका छन् ।

संक्रमण बढेसंगै अस्पताल भर्ना हुने क्रम र मृत्युदर बढ्दै गएको उनको भनाइ छ ।

साथै सरकारका प्रमुख चिकित्सा सल्लाहकार प्राध्यापक क्रिस ह्वीटीले बेलायत अहिले कोरोनाको जटिल बिन्दूमा रहेको र गलत दिशातर्फ बढिरहेको चेतावनी दिएका छन् । बेलायतले जाडोयाममा धेरै चुनौति सामना गर्नुपर्ने उनको बुझाइ छ ।

बेलायतमा आइतबार २४ घण्टामा ३ हजार ८ सय ९९ संक्रमित थपिएका थिए भने १८ जनाको मृत्यु भएको थियो । अहिले एकहजार ८१ जना अस्पतालमा छन् ।

प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा थप प्रतिवन्ध लगाउनेबारे सोचिरहेको बताइएको छ । सम्भवतः इंग्ल्याण्डमा दुई साता ‘मिनी लकडाउन’ हुन सक्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू