बिहीबार, चैत १५, २०८०
16:26 | २२:११

भारतमा संक्रमितको संख्या ६० हजार, ३० प्रतिशत निको

रासस-एएनआई मे १०, २०२०

नयाँदिल्ली ।   भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या ६० हजार पुगेको छ । 

संक्रमितको संख्या बढ्दै गएसँगै संक्रमणबाट  निको हुनेहरुको दर पनि बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार झण्डै ३० प्रतिशत संक्रमितलाई निको भएको छ । 

शनिबारमात्रै झण्डै तीन हजार ३२० जना कोरोनाभाइरस संक्रमितहरु थपिएको जनाइएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ५९ हजार ६६२ पुगेको छ ।   

संक्रमितको संख्या झण्डै ६० हजार पुगेपनि अहिले विरामी अवस्थामै रहेकाहरुको संख्या भने ३९ हजार ८३४ रहेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेहरुको संख्या १७ हजार ८४७ रहेको अधिकारीहरुले जनाएका छन् । 

पछिल्लो २४ घण्टाको अवधिमा मात्रै भारतमा ९५ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेहरुको कुल संख्या एक हजार ९८१ पुगेको छ ।

केन्द्रीय स्वास्थ्यमन्त्री डा हर्ष बर्धनले शनिबारले संक्रमित र मृत्यु हुनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएपनि कतिपय विकसित देशहरुमा जस्तो अनियन्त्रित र भयावह अवस्था भने नरहेको बताए ।

‘हाम्रोमा कोरोनाभाइरसबाट संक्रमितको मृत्युदर झण्डै ३.३ प्रतिशत रहेको छ जबकी संक्रमण मुक्त हुने दर भने २९.९ प्रतिशत रहेको छ’, उनले भने । यस तथ्यांकलाई उनले सुखद र सकारात्मक भएको तर भयावह अवस्थाको नभएको दावी गरे ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू