शुक्रबार, चैत १६, २०८०
09:41 | १५:२६

बेलायतमा कोभिड १९ परीक्षणमा थप तीव्रता

को को योग्य छन् परीक्षणका लागि ?

नेपाली लिङ्क अप्रिल २९, २०२०

लन्डन । बेलायत सरकारले ‘कोभिड १९’ संक्रमण रोक्न परीक्षणलाई थप तीव्रता दिने भएको छ ।

उसले मंगलबार प्राथमिकतासहित परीक्षणको समूह घोषणा गरेको छ ।

सरकारले तोकेको वर्गीकरणमा हेल्थ र सोसल केयरमा काम गरिरहेका सबै फ्रण्टलाइन कर्मचारी, एनएचएसमा रहेका बिरामी र केयर होममा बसिरहेका, अत्यावश्यकीय क्षेत्रका सबै कामदार जसलाई लक्षण देखिएको छ, अत्यावश्यकीय क्षेत्रमा काम गर्नेसंग बस्ने मानिस जसमा लक्षण छ, कोभिड लक्षण देखिएका ६५ वर्ष माथिका र घरबाट काम गर्न नमिल्नेहरु जो काममा गइरहेका छन् र उनीहरुलाई लक्षण छ भने ति व्यक्तिको परीक्षण गरिने छ ।

बेलायतसंग अहिले दैनिक ७३ हजार ४ सय जनालाई परीक्षण गर्न सक्ने क्षमता छ ।

सरकारले करिब दश लाख मानिस परीक्षणका लागि योग्य भएका जनाएको छ । बिहीबारसम्म दैनिक एकलाख परीक्षण गर्न सकिने बताइएको छ ।

अहिले ब्रिटिश सेना पनि परीक्षणमा खटिएको छ । मोबाइल टेस्टिङमार्फत सेनाले केयर होम, प्रहरी स्टेशन र जेलमा रहेका मानिसबाट स्वाब संकलन गरिरहेको हो ।

२८ अप्रिल मंगलबार बिहान ९ बजेसम्म ७ लाख ६३ हजार ३ सय ८७ जनाको परीक्षण गरिसकिएको सरकारी तथ्यांक छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू