बुधबार, वैशाख १२, २०८१
10:32 | १५:१७

लण्डनमा कोरोनाबाट मृत्यु भएका थापाको अन्त्येष्टी

नेपाली लिङ्क अप्रिल २७, २०२०

 

लण्डन । कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएका पूर्व गोर्खा घनवीर थापाको  अन्त्येष्टी गरिएको छ ।

लण्डन, किंग्स्टनको ‘किंग्स्टन सिमेट्री एण्ड क्रिमटोरियम’मा सोमबार थापाको अन्त्येष्टी गरिएको हो ।

अन्त्येष्टी कार्यक्रममा उनको परिवारका सदस्यसहित जम्मा ६ जना मात्रै सहभागी भएका थिए ।

स्वर्गीय थापाकी पत्नी भिमकुमारी थापा भने पतिको अन्तिम संस्कारमा सहभागी हुन सकिनन् ।

 

पाल्पा जिल्लाको सत्यवती गोठादी घर भएका ७५ वर्षीय थापाको कोरोना संक्रमणका कारण लण्डनको किंग्स्टन अस्पतालमा उपचारकै क्रममा दश दिनअघि मृत्यु भएको थियो ।

स्वर्गीय थापाका दुई छोरा र एक छोरी छन् । जसमध्ये एक  छोरा र छोरी नेपालमा छन् भने अर्का छोरा बहराइनमा छन् । 

थापा  भने  पत्नी भिमकुमारीका साथ सन् २००९ देखि बेलायतमा बस्दै आएका थिए ।

यसअघि कोरोनाको कारण थापाको मृत्यु भएपछि उनको अन्त्येष्टीको लागि भन्दै एनआरएनए यूकेले ५ सय पाउण्ड आर्थिक सहयोग गरेको थियो ।

गोर्खा समन्वय विभागका संयोजक समेत रहेका एनआरएनए यूके उपाध्यक्ष प्रेम गाहा मगरले थापाको घरमै पुगेर मृतककी पत्नी भिमकुमारीलाई सहयोग हस्तान्तरण गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू