बिहीबार, चैत १५, २०८०
09:28 | १५:१३

लकडाउनमा विपन्नलाई निशुल्क खाना

नेपाली लिङ्क अप्रिल २६, २०२०

चितवन । ‘लकडाउन’ का कारण समस्या झेलेका विपन्नलाई निशुल्क खाना प्रवन्ध गरिएको छ ।

सुनचांदी व्यवसायी संघ चितवनले लकडाउनका बेला घरमा चुलो बाल्न नसक्ने अति विपन्न, मागेर गुजारा चलाइरहेका, घरबारबिहीन वृद्धावृद्धा र बालबालिकालाई निशुल्क खाना प्रवन्ध गरेको हो ।

आइतबार १६ औं दिनसम्म २१६० जनालाई खाना ख्वाइसकिएको संयोजक विपिन रामुदामु (बिपेन्द्र) ले जानकारी दिए ।

बिहान ११ देखि १ बजेसम्म उद्योग वाणिज्य संघ चितवनको भवनमा खाना ख्वाउने व्यवस्था गरिएको सहयोगी रुविन रामुदामुले बताएका छन् ।

यो सेवा नेपालमा लकडाउन रहुन्जेल निरन्तर चलाइने बताइएको छ । संघले सहयोगी संघसंस्थाप्रति आभार व्यक्त गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू