बिहीबार, वैशाख १३, २०८१
12:53 | १७:३८

काठमाडौस्थित मस्जिदमा रहेका सबैको परीक्षण शुरु

रासस अप्रिल २४, २०२०

काठमाडौँ । सरकारले काठमाडौँस्थित मस्जिदमा रहेका सबैको कोरोना भाइरस (कोभिड-१९) परीक्षण शुरु गरेको छ ।

उदयपुरको मस्जिदमा रहेका मानिसमा कोरोना सङ्क्रमण देखिएपछि काठमाडौँस्थित मस्जिदमा रहेका सबैको परीक्षण शुरु गरिएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बिहीबारदेखि यहाँका मस्जिदमा रहेका मानिसको परीक्षण पोलिमरेज चेन रियाक्सन (पिसिआर) शुरु गरिएको छ ।

बिहीबार ७६ जनामा परीक्षण गरिएको र बाँकीको शुक्रबार पनि परीक्षण भइरहेको छ । काठमाडौँमा दुई जना रहेको अनुमान गरिएको छ ।

उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित मस्जिदमा २७ जनामा कोभिड संक्रमण देखिएको थियो । तीमध्ये तीन जना काठमाडौमा गएको देखिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू