• होम
  • बेलायत
  • नेपाल
  • कला
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
बिहीबार, जेठ १८, २०८०
03:50 | ०८:३५

भारतमा बढ्दै ‘कोभिड १९’ का सङ्क्रमित

रासस/एएनआई अप्रिल ९, २०२०
नयां दिल्ली (२७ चैत)- भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या ५ हजार नाघेको छ ।
प्राप्त समाचारअनुसार यहाँ बिहीबार बिहानसम्म ५ हजार ७३४ जनामा यसको सङ्क्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी दिएको छ । महाराष्ट्रमा कोभिड १९ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । महाराष्ट्र राज्यमा मात्र सङ्क्रमितहरुको संख्या १ हजार १३५ जना पुगेको बताइएको छ ।
पछिल्लो २४ घन्टा अर्थात बिहीबार बिहानसम्म मात्र महाराष्ट्रमा कोभिड १९ का ५० भन्दा बढी सङ्क्रमित थपिएका छन् । योसँगै महाराष्ट्रमा कोभिडका सङ्क्रमितहरुको संख्या १ हजार १३५ पुगेको बताइएको छ । यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ । पछिल्लो २४ घन्टामा भेटिएका ५० भन्दा बढी सङ्क्रमितमध्ये ३० जनाभन्दा बढीमा स्थानीय मानिसबाट मानिसमा सरेको पाइएको हो । ती ६० मध्येका २५ जना बृहनमुम्बई म्युनिसिपल कर्पोरेसन क्षेत्रका भएका पाइएको यहाँको स्थानीय सरकारी अस्पतालका एक प्रवक्ताले जनाएका छन् । भारतमा योसँगै पछिल्लो २४ घन्टाभित्र मात्र ५४० जना संक्रमित थपिएका छन् ।
भारतमा पछिल्ला केही दिनमा यतिधेरै विरामी भेटिन थालेका हुन् । हिजो पनि त्यहाँ ७४३ जना संक्रमित भेटिएका अधिकारीहरुको भनाई छ । भारतमा बिहीबारसम्म ५ हजार ७३४ जना संक्रमित पाइएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो कुराको जानकारी दिएको हो । यसरी भारतमा केही दिनयता बढ्दो रुपमा यसका सङ्क्रमितहरु देखिएका पनि बताइएको छ । यहाँका ४०० भन्दा बढी सङ्क्रमित भने उपचारपछि निको भएर घर फर्किएका छन् । यसरी हेर्दा अहिले पनि भारतमा ५ हजार भन्दा बढी विरामी अस्पतालमा उपचाररत छन् ।
मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार यहाँ ५ हजार ९५ जना विरामी अस्पतालमा छन् । गएको २४ घन्टा भित्रमात्र मृत्यु हुनेको संख्या १७ रहेको छ । पछिल्लो २४ घन्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् । भारतमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १६६ जना पुगेको पनि भारतको स्वास्थ्य मन्त्रालयले दिएको सूचनामा उल्लेख गरिएको छ ।
महाराष्ट्रपछि सबैभन्दा बढी विरामी तालिनाडूमा छन् । तामिलनाडूमा कोरोना सङक्रमण भएका व्यक्तिको संख्या बिहीबार बिहानसम्म ७३८ पुगेको छ । त्यसपछिका बढी सङ्क्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा यसका सङ्क्रमितको संख्या ६६९ छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु बडो चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

भारत भ्रमण सद्भावना अभिवृद्धिमा केन्द्रित रहन्छ: प्रधानमन्त्री

९ घन्टा अगाडि

नागरिकता विधेयक प्रमाणीकरण भएकामा गैरआवासीय नेपाली हर्षित

१४ घन्टा अगाडि

अमेरिकामा भारतीय विद्यार्थीको हत्या 

२ दिन अगाडि

हाम्रो सिफारिस

बेलायती राजाले ऐतिहासिक 
राज्याभिषेक समारोहबीच पहिरिए राजमुकुट

मे ६, २०२३

बेलायत ओइरिए नेपाली विद्यार्थी, जागिर र कोठा नपाएर हैरान

अप्रिल ७, २०२३

बेलायत टेक्न विद्यार्थी भिसा, आइपुगेपछि वर्क परमिट

डिसेम्बर १८, २०२२
ताजा अपडेट्स
  • मानसिक रोगीको प्रेमील द्वन्द्व ‘चिसो बाफ’
  • लन्डन रोयल ग्रीनवीच बरोको डेपुटी मेयरमा निर्वाचित भए जीत रानाभाट
  • विश्व बैंकद्वारा नेपाललाई १८ अर्ब ऋण र अनुदान सहयोग
  • श्रृजनशील लेष्टर नेपालमा नयाँ नेतृत्व, पुण्डरी अर्याल अध्यक्ष
  • भारत भ्रमण सद्भावना अभिवृद्धिमा केन्द्रित रहन्छ: प्रधानमन्त्री
ट्रेन्डिङ
  • १
    वेल्सको नेपाली गाउंमा धरहरा, ढुंगेधारा र चौतारी देखेर बेलायती दंग
  • २
    बेलायतमा कूल आप्रवासन संख्या छ लाख नाघ्यो
  • ३
    नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई हदैसम्मको कारवाही गर्न लन्डनबाट माग
  • ४
    बेलायतको सबैभन्दा ठूलो इभेन्ट गोर्खा कप हेर्न १४ हजार दर्शक, उपाधि एलजी लायनलाई
  • ५
    सरकारको प्राथमिकतामा संक्रमणकालीन न्याय

Nepali Link Ltd
34 Fairfield Grove, SE7 8TY
Ph: (44)7411654388
Email: info@nepalilink.com

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2021 nepalilink.com, All rights reserved.