शुक्रबार, वैशाख ७, २०८१
07:49 | १२:३४

बेलायतको पछिल्लो कोरोना अपडेट

नेपाली लिङ्क अप्रिल ६, २०२०

लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणले पछिल्लो २४ घण्टामा थप ४ सय ३९ जनाले ज्यान गुमाएका छन् ।

डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरले सोमबार जारी गरेको तथ्यांकअनुसार आइतबार साँझ ५ बजेसम्ममा बेलायतमा कुल ५ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ । त्यसैगरी, सोमबार बिहान ९ बजेसम्ममा कोरोना भाइरसको संक्रमण पुष्टी हुनेहरुको कुल संख्या ५१ हजार ६ सय ८ पुगेको छ ।

बेलायतमा अहिलेसम्म मृत्यु हनेहरुमध्ये सबैभन्दा बढि इंग्ल्याण्डबाट ४ हजार ८ सय ९७ छन् भने स्कटल्याण्डमा २ सय २२, वेल्समा १ सय ९३ र नर्दन आयरल्याण्डमा ७० जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेहरुमा आधाभन्दा बढि ८० वर्ष उमेर कटिसकेका छन् ।

सोमबार बिहानसम्म बेलायतमा जम्मा २ लाख ८ हजार ८ सय ३७ मानिसहरुमा मात्र कोरोना भाइरसको संक्रमण परीक्षण गराइएको छ । अहिले दैनिक १० हजारको हाराहारीमा परीक्षण भइरहेकोमा मध्य अप्रीलसम्ममा दैनिक २५ हजार र अप्रीलको अन्त्यसम्ममा दैनिक १ लाख परीक्षण गराउने लक्ष्य सरकारले सार्वजनिक गरेको छ ।

सार्वजनिक भएको मृत्युको कुल संख्या केबल अस्पतालहरुको हो । जसमा कोरोनाकै कारण पनि अस्पतालबाहिर निधन भएकाहरुको तथ्यांक समावेश छैन ।

यसैबीच, सोमबार सरकारको कोरोना ब्रिफिङलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डोमिनिक रबले लकडाउन कहिलेदेखि हटाउने भनेर सोच्ने समय आइनसकेको बताएका छन् ।

उता, कोरोना संक्रमणको दशौं दिनसम्म पनि लक्षणहरु नहटेपछि आइतबार अस्पताल भर्ना भएका प्रधानमन्त्री बोरिस जोन्सनको अवस्था जटिल बनेको छ र  उनलाई सोमबारदेखि ‘आइसीयू’ मा सारिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू