गोर्खा समस्या समाधानका लागि ‘गोर्खा ब्रिगेड’ को ध्यानाकर्षण


 
    
    

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बेलायती सेनामा सेवा गरेका पूर्व गोर्खाहरुको समस्या समाधानका लागि गोर्खा ब्रिगेडको ध्यानाकर्षण गराएका छन्।
आइतबार कर्णेल कमाण्डेन्ट रिचर्ड वार्ड्लो नेतृत्वको गोर्खा ब्रिगेडका प्रतिनिधिसँगको भेटमा मुख्यमन्त्री कार्कीले गोर्खा समस्या समाधानको आग्रह गरेका हुन्।
पूर्व गोर्खालगायतका गोर्खा सेनाका लागि प्रदेश सरकारले आउँदो आर्थिक वर्षको बजेटमा गोर्खा भिलेज निर्माणका लागि अध्ययन गरिरहेको बताउंदै मुख्यमन्त्री कार्कीले गोर्खा भिलेज ब्रिटिश मोडलमा निर्माण हुने भएकाले बेलायतको प्राविधिक सहयोगका लागि पनि आग्रह गरे।
सो अवसरमा कर्णेल वार्ड्लोले गोर्खा रेजिमेन्ट नेपाल र बेलायतबीचको मैत्रीपूर्ण सम्बन्धको जग भएको उल्लेख गरे। उनले गोर्खाहरुको व्यवसायिकता, समर्पण, क्षमता र अदम्य साहसको प्रशंसा गरे।
गोर्खा वेलफेयर ट्रष्टले पूर्व गोर्खा सेनाका लागि मात्रै गर्दै आएको कामलाई विस्तार गरी आमनेपालीका लागि पनि शुरु गरेको जानकारी कर्णेल वार्ड्लोले गराए।
यो वर्ष बेलायती सेनामा नेपालबाट ३ सय ३६ युवा भर्ती भएको समेत उनले जानकारी दिए।
नेपालमा रहंदा गोर्खा ब्रिगेड टोलीले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, रक्षामन्त्री, प्रधानसेपतिसहितका उच्च अधिकारीलाई भेट्ने कार्यक्रम छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५
 
 




 
 
 
 
 
 
 
 
 
 
