बुधबार, ११ फ्रेब्रवरी, २०२६
लन्डनमा पहिलोपटक ‘किताब जात्रा’ गरिंदै


नेपाली लिङ्क
अगस्ट २५, २०२३

लन्डन – नेपाली साहित्य विकास परिषद यूके तथा किताब जात्रा फाउन्डेशनको सह-आयोजनामा आगामी सेप्टेम्बर २ तारिख लन्डनमा पहिलो पटक ‘किताब जात्रा फेस्टिवल’ गरिने भएको छ ।
नेपाली साहित्य र सम्पदा प्रवर्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त फेस्टिवलमा भाग लिन वरिष्ठ टेलिभिजन पत्रकार टीकाराम यात्री बेलायत आइपुगेका छन्।
“नेपालको समृद्ध साहित्यिक परम्परालाई प्रवासी नेपाली समुदायसम्म पुराउने उद्देश्यले हामीले लन्डनमा यो फेस्टिवल आयोजना गर्न लागेका हौँ,” किताब जात्राका आयोजक ऋषिराज अधिकारीले भने।
विभिन्न नेपाली संघसंस्थाहरुसंगको सहकार्यमा फाल्कनउडस्थित ह्यारिस एकेडेमीमा आयोजना गर्न लागिएको उक्त किताब जात्रा अपरान्ह ३ देखि ६ बजेसम्म संचालन हुने छ।
यस अघि भारतको राजधानी दिल्लीमा पनि अन्तरराष्ट्रिय किताब जात्रा आयोजना गरिएको थियो।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


