क्याम्बर्लीमा खुल्यो एभरेष्ट वर्ल्ड फुड्स र स्पेसालिटी कफी (भिडियो)


लन्डन। बेलायतको क्याम्बर्लीमा नेपाली व्यवसायीहरुको लगानीमा ‘एभरेष्ट वर्ल्ड फुड्स र एभरेष्ट स्पेसालिटी क्याफे’ शुभारम्भ भएको छ ।
यसअघि अल्डरसटमा सञ्चालित एभरेष्ट क्यास एण्ड क्यारी होलसेल सञ्चालक समूहकै लगानीमा नयाँ सुपरमार्केट तथा क्याफे सञ्चालनमा आएको हो ।
आइतबार स्थानीय सर्रेहिथ बरोका मेयर काउन्सिलर प्याट टेडरले रिबन काटेर सुपरमार्केट तथा क्याफे उद्घाटन गरेका थिए ।
क्याम्बर्लीको प्रिन्सेस वे हाई स्ट्रिटमा खुलेको एभरेष्ट वर्ल्ड फुड्समा नेपालीसाथै भारतीय, चाइनिज, कोरियन, थाइसहितका सम्पूर्ण एशियाली तथा युरोपियन र अंग्रेजी खानासम्म उपलब्ध छन्। साथमा फ्रेस भेजिटेबल र फलफूलहरुदेखि चिकन, विभिन्न मासुहरुसमेत एभरेष्टमा पाइनेछन्।
सुपरमार्केट परिसरमै एभरेष्ट स्पेसालिटी कफी नाममा एक क्याफे पनि सञ्चालन गरिएको छ । जहाँ चिया, कफीसंगै आइस टी, बबल टी, स्मुदिज, स्यान्डविच, हट फुड, सालाद, केक र आइसक्रिमसम्मका विविध खाना तथा पेयपदार्थ उपलब्ध छन् ।
६ पटकसम्म यूके लाटे आर्ट च्याम्पियन तथा वर्ल्ड फाइनालिस्ट बनेका धन तामाङले क्याफे सेटअप गर्नका साथै स्टाफलाई प्रशिक्षण समेत गराएका हुन्।
क्याफेमा हाल ४० सीट क्षमताको सिटिङ स्पेस छ भने आवश्यकताअनुसार थप ४० सिटिङ बढाउने लक्ष्य छ । सुपरमार्केट तथा क्याफेमा जम्मा २० जना स्टाफ कार्यरत छन्।
सुपरमार्केट सञ्चालक समूहले केहि महिनापछि फार्नबरोमा १५ हजार स्क्वायर मिटरको वायर हाउस सञ्चालन गर्ने भएको छ । समूहले बेलायतस्थित सय भन्दा बढी क्यास एण्ड क्यारीमा होलसेल सप्लाइ गदै आएको छ ।
यसअघि अल्डरसटमा एभरेष्ट क्यास एण्ड क्यारी होलसेल र बुद्ध स्टोर्स, ह्यारोमा एभरेष्ट स्टोर्सलगायत सञ्चालन गरेको समूहले क्याम्बर्लीमा पहिलो सुपरमार्केट तथा क्याफे शुभारम्भ गरेको हो।
आशबहादुर (एबी) गुरुङ, नारायण केसी, लक्ष्मण तामाङ र सूर्य गुरुङ निर्देशक रहेको सुपरमार्केट सञ्चालक समूहमा कयौं शेयरधनी पनि संलग्न छन्।
संयुक्त रुपमा सुपरमार्केट र क्याफे सञ्चालनको नौलो अवधारणाले ग्राहकको मन जित्नेमा सञ्चालकहरु आशावादी छन् । उनीहरुले ग्राहकको आवश्यकता र चाहनाअनुसार आफ्नो सेवा थप बिस्तार र परिमार्जन गर्दै जाने योजना रहेको बताएका छन्।
तस्विर: एज्रा श्रेष्ठ
भिडियो: https://fb.watch/mydvO88vuY/
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५