बेलायती दूतावास पुगिन् राष्ट्रपति भण्डारी, शोक पुस्तिकामा हस्ताक्षर


काठमाडौं । बेलायती महारानी एलिजावेथ द्वितीयको निधनमा दु:ख व्यक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी बेलायती दूतावास पुगेकी छन्।
काठमाडौं लैनचौरमा रहेको नेपालस्थित बेलायती दूतावासमा पुगेर शुक्रबार उनले महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेकी हुन्।
बेलायती दूतावासमा राखिएको शोक पुस्तिकामा राष्ट्रपति भण्डारीले हस्ताक्षर गरिन्। उनले महारानीको निधनबाट नेपालले एक असल मित्र गुमाएको जनाउँदै श्रद्धाञ्जली व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
त्यस अवसरमा राष्ट्रपतिले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटमर्फत् बेलायती जनतामा समवेदना पनि व्यक्त गरेकी थिइन् ।
महारानीको निधन भएपछि काठमाडौंस्थित बेलायती दूतावासले झण्डा झुकाएको छ भने दूतावासमा शोक पुस्तिका पनि राखिएको छ।
राजदूत पोलिटले दूतावास पुगेर दु:ख व्यक्त गरेकोमा राष्ट्रपति भण्डारीप्रति आभार प्रकट गरेकी छन्। उनले शोक पुस्तिकामा पहिलो हस्ताक्षर राष्ट्रपति भण्डारीकै रहेको उल्लेख गरेकी छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


