बिहीबार, २१ मे, २०२६
21:46 | ०२:३१

प्रधानमन्त्रीको विज्ञ समूहमा गजुरेल नियुक्त

रासस फ्रेब्रवरी २, २०२२

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको निजी सचिवालयको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ समूहको सदस्यमा रहनेगरी नुवाकोटका किरण गजुरेललाई नियुक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको निजी सचिवालयको भाषण, मन्तव्य तथा वक्तव्यसम्बन्धी विज्ञ समूहको सदस्यमा रहनेगरी मंगलबार नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गजुरेल राजनीतिक विचार लेखन तथा प्रशिक्षणमा विशेष दखल राख्नुका साथै अनुसन्धानात्मक कार्यमा सक्रिय छन् । उनका विभिन्न अनुसन्धानात्मक कृति प्रकाशित छन् ।

यसअघि नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्य रहेका गजुरेलले नेपाली कांग्रेसको १३औँ र १४औँ महाधिवेशनमा कांग्रेस सभापति देउवाको जनसम्पर्क कार्यालयमा रहेर काम गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू