मंगलबार, वैशाख १८, २०८१
14:15 | १९:००

नेपालमा एक हप्तामै ३८ हजार बढी संक्रमित

रासस जनवरी १८, २०२२

कैलालीसँगै सिमाना जोडिएको कञ्चनपुरको गौरीफन्टा सिमाना नजिकै रहेको हेल्थडेस्कमा मङ्गलबार कोरोना परीक्षणका लागि लाइनमा बसेका भारतका विभिन्न शहरबाट आएका नेपाली । पछिल्लो समय भारतमा कोरोनाको सङक्रमण दर बढदै गएपछि स्वदेश फर्किने नेपालीहरुको चाप हवात्तै बढेको छ । तस्बिर- तिलकराज ओझा, रासस

काठमाडौं । पछिल्लो एक हप्तामा नेपालमा ३८ हजारभन्दा बढी कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो एक हप्तामा ३८ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका हुन् ।

सबैभन्दा बढी आज १० हजार २५८ जना नयाँ संक्रमित थपिएका हुन् । दैनिक संक्रमित बढिरहेका छन् । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक संक्रमित हुनेको संख्या पनि बढिरहेको छ ।

पछिल्लो एक हप्ताको तथ्यांकअनुसार पुस २८ गते तीन हजार ७५, पुस २९ गते तीन हजार ५५३, पुस ३० गते पाँच हजार ८७, माघ १ गते चार हजार ६३६, माघ २ गते चार हजार ९६१, माघ ३ गते छ हजार ७३४ संक्रमण थपिएका हुन् ।

यस एकहप्ताको बीचमा सक्रिय संक्रमित हुने सङ्ख्या पनि बढेको छ । पुस २८ गते ११ हजार ६९० सक्रिय संक्रमित रहेकोमा यो संख्या बढेर आज ३९ हजार ४४ पुगेको छ । पुस २८ गते कूल परीक्षण गराएकामध्ये २३.६ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो भने आज ४४.९ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू