मालीको आतंकवादी हमलामा ८ सैनिक मारिए


माली । मालीको पश्चिमी भागमा बुधबार भएको आक्रमणमा मारिएका सैनिकहरूको संख्या आठ पुगेको छ ।घटनामा थप सात घाइते भएको माली सशस्त्र बलले जनाएको छ।
बुधबार नारा गाउँमा भएको आक्रमणमा परी चार सैनिकको मृत्यु भएको र करिब १० जना घाइते भएको जनाइएको छ ।
‘मृत्यु हुने सैनिकको संख्या हिजो ४ रहेकोमा आज ८ पुगेको छ भने ७ सैनिक घाइते भएका छन् र ३ वटा सवारी साधन ध्वस्त भएका छन्, ‘ सेनाले वेबसाइटमा प्रकाशित प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सेनाले जनाएअनुसार आक्रमणकारीतर्फ ३१ जनाको मृत्यु भएको छ भने उनीहरूबाट हतियार र गोलाबारुद जफत गरिएको छ । मालीको वायुसेनाले गरेको हवाई हमलाबाट जम्मा कति आतंकवादीको मृत्यु भएको भन्ने संख्या भने अझै स्पष्ट हुन बाँकी छ ।
मालीले संयुक्त राष्ट्रसंघ र फ्रान्सेली सेनाको उपस्थितिको बावजुद सन्२०१२ मा उत्तरी क्षेत्रमा शुरु भएको इस्लामवादी विद्रोहलाई नियन्त्रण गर्न संघर्ष गरिरहेको छ। यो द्वन्द्व मध्य माली, साथै छिमेकी बुर्किना फासो र नाइजरमा समेत फैलिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


