मंगलबार, वैशाख १८, २०८१
04:00 | ०८:४५

आर्थिक लाभ स्वीकारेपछि राजकुमार चार्ल्सको परोपकारी संस्थाका अध्यक्षले दिए राजिनामा  

रासस-एएफपी सेप्टेम्बर १५, २०२१

लन्डन–रूसी एक बैंकबाट आर्थिक लाभ स्वीकारेको अभियोगपछि राजकुमार चार्ल्सको परोपकारी संस्थाका अध्यक्षले अनुसन्धानका लागि बुधबार राजिनामा दिएका छन् ।

संस्थाका अध्यक्षद्वारा रूसी बैंकरबाट नगदबारे प्रारम्भिक स्वीकृति लिएको विषयमा छानबिन सुरु भएपछि राजकुमार चार्ल्सको परोपकारी संस्थाका अध्यक्ष डगलस कोनेलले बुधबार राजिनामा दिएका हुन् ।

चार्ल्सले उक्त पैसाका लागि रूसी अधिकारी दिमिट्री लिउसलाई धन्यवाद दिंदै एउटा पत्र लेखेको र महामारीपछि भेट्ने आश्वासन दिएको भन्ने सुझावपछि स्कटल्याण्डको परोपकारी संस्था नियामक निकायले जाँच शुरु गरेको हो ।

अध्यक्ष डगलस कोनेलले भने ‘यदि गम्भीर गलत आचरण भएको जस्तो देखिएमा’ मात्रै आफू दोषी भएको ठहरिने बताए ।

उनले भने, “प्रिन्स फाउन्डेशन भित्र र बाहिर विभिन्न प्रकारका दुव्यवहारपूर्ण गतिविधिहरू भएका हुन सक्छन् भन्ने अखबारको रिपोर्ट देखेर म स्तब्ध र निराश भएको छु । मेरो विचारमा यो समय मेरो लागि सही कदम भनेको जिम्मेवारी स्वीकार गर्नु र भूमिकाबाट अलग हुनु नै हो ।”

सन् २००४ मा रूसमा सम्पत्ति शुद्धीकरण कार्यमा लिउस दोषी भएको पत्ता लागेपछि फाउन्डेसनको आचारसंहिता समितिले अनुदान अस्वीकार गरेको थियो । आफूलाई दोषी ठहराइएकोमा आश्चर्य व्यक्त गर्दै आफू राजनैतिक तवरमा उत्प्रेरित अभियोगको शिकार बनेको दाबी कोनेलले गरे ।

आइतबार गरिएको एक इमेलमा लियसले तेस्रो पक्षका फिक्सरमार्फत फाउन्डेसनलाई पाँच लाख पाउण्ड स्टर्लिङ दिएको बताइएको छ । तर फाउन्डेसनले भने एक लाख पाउण्ड मात्रै पठाएको बताएको छ । आचारसंहिता समितिले हस्तक्षेप गर्नुअघि सुरुमा त्यो अनुदान स्वीकार गरिएको थियो ।

यस महिनाको सुरुतिर राजकुमारका भूतपूर्व सहयोगीले राजकुमार फाउन्डेशनको मुख्य कार्यकारी पदबाट अस्थायी रूपमा हटेको जानकारी गराएका थिए । उनले रूसी धनी दाताद्वारा सम्मान र ब्रिटिश नागरिकता दिलाउने शर्तमा सहयोग लिएको आरोपहरूपछि अनुसन्धान थालिएको हो । राजकुमारका अर्का पूर्व सहयोगी फाउसेटलाई साउदी व्यापारी महफूज मारे मुबारक बिन महफूजसँग सम्बन्धित सम्मान समन्वय गर्न सहयोग गरेको पनि आरोप लगाइएको छ ।

महफूजलाई राजकुमार फाउन्डेसनको वेबसाइटमा समर्थकको सूचीमा राखिएको छ । उनलाई सन् २०१६ मा रानी एलिजाबेथ द्वितीयबाट राजकीय सम्मान दिइएको थियो ।

यसको वेबसाइटका अनुसार यस फाउन्डेसनको लक्ष्य ‘आज संसारले सामना गरिरहेको चुनौतीहरूको समग्र समाधान प्रदान गर्नु’ हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू