मंगलबार, वैशाख १८, २०८१
12:25 | १७:१०

एनआरएनए यूके निर्वाचन: अब प्रतिक्षा नतिजाको

नेपाली लिङ्क अगस्ट ४, २०२१

लन्डन । एनआरएनए यूकेको नयाँ नेतृत्व चयनका लागि मतदान सकिएपछि यतिबेला नतिजाको व्यग्र प्रतिक्षा छ ।  

इतिहासमै पहिलोपटक यो वर्ष अनलाइनमार्फत् गराइएको मतदान सकिएको २४ घण्टा बितिसकेको छ । सोमबार मध्यान्ह शुरु भएर मंगलबार मध्यान्ह मतदान सकिएपनि नतिजा आउन बिहीबारसम्म लाग्ने निर्वाचन समितिले यसअघि नै बताएको छ ।  

निर्वाचनका लागि प्रयोग गरिएको ब्रिटिश भेन्डर ‘च्वाइस भोटिङ’ कै शर्तअनुसार नतिजा बिहीबार मात्रै प्राप्त हुने भएको निर्वाचन समितिले जनाएको छ । उक्त कम्पनीले बुधबार ‘डेमो’ नतिजा पठाउने र आवश्यक प्रमाणिकरणको प्रक्रियापछि बिहीबार अन्तिम नतिजा दिइने जनाएको बताइएको छ ।  

निर्वाचनमा कति प्रतिशत मत खस्यो भनेर समेत भेन्डरले अहिलेसम्म जानकारी नगराएको निर्वाचन समितिको भनाइ छ ।  

केही उम्मेद्वारहरु र तीनका समर्थकहरुले चांडै नतिजा सार्वजनिक गर्न निर्वाचन समितिसँग माग गरिरहेका छन्   

तर अनलाइन मतदानका लागि भेन्डरसँग सम्झौता गरिसकेका कारण अब शर्तहरु परिवर्तन गरेर नयाँ कुरा माग गर्ने अवस्था नरहेको निर्वाचन समितिले बताउने गरेको छ ।  

त्यस्तै, भेन्डर कम्पनीले माग गरेअनुसार सबै उम्मेद्वारहरुको हस्ताक्षर अहिलेसम्म आइनसकेका कारण पनि नतिजा प्रकाशनको प्रक्रिया थप लम्बिन सक्ने चिन्ता गरिएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू