मंगलबार, वैशाख १८, २०८१
01:35 | ०६:२०

टिएम केसीको नयां गीत बजारमा

नेपाली लिङ्क जुलाइ २९, २०२१


काठमाडौं– प्रवासी जीवन त्यति सहज र सरल छैन् । त्यसमाथि विद्यार्थी जीवन त झनै कठिन छ । एकातिर पढाईको चिन्ता भने अर्कोतिर कामको चटारो । यो बीचबाट पनि आफ्नो रूचि रहेको क्षेत्र र विधालाई निरन्तरता दिने कार्य सबै पक्षबाट तारिफ लायककै होइन र ? 

प्रवासी जीवन अनि काम, पढ़ाई र ‘प्यासन’ । यि तिनै कुरालाई समन्वय गरेर अगाडि बढेकी उत्साही युवती हुन् टिएम केसी । टिएम विगत ७ वर्षदेखि अष्ट्रेलियाको ब्रिसबेनमा बस्दै आएकी छन् । विदेशमै बसेर पनि नेपाली गीत संगीतलाई निरन्तरता दिंदै आइरहेकी केसी यतिबेला भने नेपाल पुगेकी छन् । 

उनको यसपटकको नेपाल भ्रमणका पछि केही घरायसी तर धेरै गीत संगीतकै कारण छ । ‘म केही नयां सिर्जनाको लागि यतिबेला काठमाडौं छु । लामो समयपछि नेपाल आउंदा केही नयाँ र नौलो काम गर्ने योजना बनाएकी छु’, उनले भनिन् । यो भन्दा अगाडि चार वटा गीत बजारमा ल्याइसकेकी टिएमको यो पाँचौं गीत हो ।

‘जित्दा जित्दै हारेछु

आफैंलाई तिमीबाट पर सारेछु…’

रोशन श्रेष्ठको रचनामा कल्याण सिंहको संगीत रहेको यो गीतको भिडियोमा पुनम महर्जन र ध्रुव बुढाथोकीको अभिनय छ । पछिल्लो समय म्यूजिक भिडियो बजारमा उत्कृष्ट निर्देशकका रुपमा स्थापित निकेश खड्काले भिडियो निर्देशन गरेका हुन् ।

गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू