आइतबार, जेठ ५, २०८२
20:02 | ००:४७

बेलायतको सबैभन्दा सानो घर बिक्रीमा

नेपाली लिङ्क जुन १०, २०२१

तस्विर जोप्ला

लन्डन । बेलायतमा सबैभन्दा सानो ठानिएको एक घर विक्रिमा राखिएको छ । एक मिटर भन्दा कम चौडाई भएको उक्त घरको मूल्य १ लाख २५ हजार पाउण्ड अर्थात करिब दुई करोड ७८ लाख जति नेपाली रुपैयाँ छ ।

बेलायतको केन्टस्थित उक्त घर त्रिकोणात्मक आकारको छ । घरको भुँइतलामा प्रवेशद्वार र सावर रुम छ भने पहिलो तलामा २२ फिट लम्बाई भएको एउटा कोठा छ । घरको अगाडिको भाग ३ दशमलव १ फिट आर्थात एक मिटर भन्दा पनि कम छ ।   

प्रोपर्टी मार्केटिङ साइट ‘जोप्ला’ ले एक बेडरुम घरको रुपमा विक्रिमा राखेको छ । ‘माइल्स एण्ड बार’ ले संचालन गर्दै आएको यस घरलाई काउन्सिलले अनुमति दिए स्टुडियो फ्ल्याट वा अफिसको रुपमा उपयोग गर्न सकिने विक्रेता  क्वीरकी प्रोपर्टीले जनाएको छ ।

घर आसपासमा आवश्यक सबै सुविधा हुनुका साथै नजिकै समुन्द्री किनार पनि छ । यसैगरी क्याफे, रेष्टुरेन्ट, रेल स्टेशन जस्ता क्षेत्र नजिकै भएकोले व्यावसायिक दृष्टिकोणले पनि लाभदायक रहेको प्रोपर्टी एजेन्टले बताएका छन् ।

एकदेखि दुईजना व्यक्ति बस्न उपयुक्त हुने सो घर केहि नौलो योजना बनाउनेका लागि लाभदायक रहने बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू