शनिबार, जेठ ४, २०८२
15:00 | १९:४५

बेलायतमा कोरोनाको तेस्रो लहर आउने संकेत 

नेपाली लिङ्क जुन १, २०२१

लन्डन । बेलायत कोरोना महामारीको दोस्रो लहरको चपेटाबाट मुक्त हुन नपाउंदै बेलायती विज्ञहरुले तेस्रो लहरको चेतावनी दिएका छन् ।

गतवर्ष अन्तबाट लकडाउन शुरु भएर क्रमसः लकडाउन खुकुलो गर्ने क्रममा जुन २१ मा पूर्ण रुपमा लकडाउन खुला हुने प्रतीक्षा गरिरहँदा फेरी दोस्रो लहरको सम्भावना बढेको हो ।

युनभर्सिटी अफ क्याम्ब्रिजका प्राध्यापक रवि गुप्ताले आगामी जुन २१ मा लकडाउन पूर्ण रुपमा खोल्ने सरकारको ‘रोडम्याप’ लाई पर सार्नुपर्ने सुझाव दिएका छन् ।

बेलायतमा ‘इन्डियन भेरियन्ट’ को प्रभाव तीव्र रुपमा बढ्न थालेपछि बेलायतमा पुन तेस्रो लहर आउन सक्ने सम्भावना बढेको हो ।

पछिल्ला केहि दिनयता  बेलायतमा कोरोना संक्रमण दर निरन्तर बढ्ने क्रममा छ । पछिल्लो तथ्यांक अनुसार बेलायतमा दैनिक संक्रमण दर तीन हजार भन्दा माथि पुगेको छ ।

सोमबार ४ घन्टामा  थप तीन हजार ३८३ जना नयाँ संक्रमित थपिएका छन्  ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू