बेलायतका पत्रकारहरु चुनावी दौडमा, अध्यक्षमा ४ को उम्मेद्वारी


लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको आगामी १३ जुनमा हुने निर्वाचनका लागि अध्यक्ष पदमा चार जनाको उम्मेद्वारी परेको छ ।
आइतबार साँझ निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारको पहिलो नामावलीअनुसार अध्यक्षमा बिमला सेने, ध्रुवराज अर्याल, श्यामकुमार लुइँटेल र विपिन निरौलाको उम्मेदवारी परेको हो ।
शाखाको वरिष्ठ उपाध्यक्ष पदमा दिनेशकुमार परियार र सन्जयभक्त कँडेलले उम्मेदवारी दिएका छन् । खुला उपाध्यक्षमा शिव भण्डारी र एभरेष्ट गौतमको उम्मेदवारी छ ।
महिला उपाध्यक्षमा प्रमिला लाबुङ राईको मात्र उम्मेदवारी परेको छ । महासचिव पदमा नरेन्द्र कुमार बस्नेत (नरेन्द्र बस्नेत) र जगन्नाथ (जगन) कार्कीको उम्मेदवारी परेको छ ।
दुई जना निर्वाचित हुने सचिव पदमा मन्जु भण्डारी र खेमराज रानाभाटको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ तथा सह-कोषाध्यक्षमा सुरेन्द्र इङनामको उम्मेदवारी परेको छ ।
६ सदस्यका लागि विश्वासदीप तिगेला, गोमा राना, जयराम तामाङ र नगेन्द्रराज नेम्वाङको मात्र उम्मेदवारी छ ।
शाखाको निर्वाचन पोष्टल र प्रत्यक्ष रुपमा गर्ने तयारी छ । नयाँ कार्यसमिति चयनका लागि रमेश सराङकोटीको संयोजकत्वमा नवीन पोखरेल, चिरन शर्मा, केशव भण्डारी र संगीता मरहट्ठा सम्मिलित निर्वाचन समिति गठन भएको थियो । निर्वाचन समितिको कानुनी सल्लाहकारमा सोलिसिटर दीपक भट्टराई छन् ।
महाधिवेशनका लागि नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार भगीरथ योगीलाई केन्द्रिय प्रतिनिधिका रुपमा खटाएको छ ।
नेपाल पत्रकार महासंघ यूके शाखा, पाँचौँ अधिवेसन निर्वाचन समिति २०२१ उम्मेदवारको प्रथम नामावली-
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५