बेलायतमा २४ घन्टामा ७ जना मात्र संक्रमितको मृत्यु
१ हजार ९०७ नयाँ संक्रमित


लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अझै पनि आंशिक रुपमा लकडाउन रहेको बेलायतमा दुई हप्ता अर्थात मे १७ तारिखबाट लकडाउन पूर्ण रुपमा खोल्ने सरकारले घोषणा गरेको छ ।
तर, लकडाउन खुल्ला गर्नको लागि कोरोना संक्रमण, मृत्यु दर र अस्पतालमा भएका विरामीको अवस्थालाई मध्यनजर गरिने बताए अनुसार नै सबै कुरामा कमी हुदै गइरहेको छ ।
पछिल्लो तथ्यांकका आधारमा दुई हप्तापछि लकडाउन खुल्नेमा सबै विश्वस्त छन् । तर, वैज्ञानिकहरुले भने विश्वका विभिन्न मुलुकमा कोरोना संक्रमण तीव्र रुपमा बढेकोले ढुक्क नहुन आग्रह गरेका छन् ।
बेलायतमा कोरोनाबाट हालसम्म एक लाख २७ हजार ५२४ जनाको मृत्यु भइसकेको छ । यसैगरी पछिल्लो २४ घन्टामा १ हजार ९०७ जना संक्रमित भएका छन् । यससंगै बेलायातमा कोरोना संक्रमितको संख्या ४४ लाख १८, ५३० पुगेको छ ।
बेलायतमा सक्रिय संक्रमितको संख्या ७२ हजार ८३४ छ भने ४२ लाख १८ हजार १७२ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।
अस्पतालमा उपचार गराइरहेका र नयां भर्ना हुनेको संख्यामा पनि कमी आएको छ । शनिबार सार्वजनिक तथ्याँक अनुसार हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या १८५ छ ।
त्यस्तै, पछिल्लो तथ्यांक अनुसार १६० संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या एक हजार ४५१ छ ।
४ करोड ९२ लाख बढी खोप वितरण
बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि चार करोड ९२ लाख ८७ हजार २५७ डोज वितरण भएको छ ।
तीन करोड ४३ लाख ४६ हजार २७३ जनाले खोपको पहिलो र एक करोड ४९ लाख ४० हजार ९८४ जनाले दोस्रो डोज लिएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५