मंगलबार, वैशाख १८, २०८१
15:11 | १९:५६

बेलायतमा कोरोनाबाट एक लाख दश हजार बढीको मृत्यु   

थप ९१५ जनाको निधन

नेपाली लिङ्क फ्रेब्रवरी ४, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण थप ९१५ जनाको निधन भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

अघिल्लो दिन बुधबार १४४९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । पछिल्लो एकसाताभित्र बेलायतमा  सात हजार १२४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

यससंगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख १० हजार २५० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा २० हजार ६३४ जना नयां संक्रमित थपिएका छन् । अघिल्लो दिनको  तुलनामा संक्रामित संख्यामा केहि वृद्धि भएको छ । नयां थपिएका संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३८ लाख ९२ हजार ४५९ पुगेको छ ।

पछिल्लो एकसातामा एक लाख ४८ हजार ७२५ जना संक्रमित थपिएका हुन् । केहि दिनयता बेलायतका अस्पतालमा भर्ना हुनेको संख्यामा कमी आएको स्वास्थ्य विभागको तथ्यांकमा उल्लेख  छ  ।

हाल यहाँका अस्पतालमा ३१ हजार ६७० जना संक्रमितको उपचार भइरहेको छ भने तीन हजार ६२५ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ  छन् ।

बेलायतमा करिब एक करोड लाखले लगाए कोरोनाको खोप

लन्डन । बिहिबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा झन्डै डेढ करोड मानिसहरुले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार हालसम्म एक करोड ४ लाख ९०  हजार ४८७ जनाले खोपको पहिलो डोज लिएका छन् । जसमध्ये पांच लाख एक हजार ९५७ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू