• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
शुक्रबार, २५ सेप्टेम्बर, २०२६
17:31 | २२:१६

ब्राजिलमा दुई लाख २२ हजार सङ्क्रमितको मृत्यु

रासस/सिन्ह्वा जनवरी ३०, २०२१

तस्विर एएफपी

रियो दि जेनेरियो, १७ माघ–ब्राजिलमा करिब एक वर्षको अन्तरालमा दुई लाख २२ हजार ६६६ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार पुष्टि गरेको छ । यस महामारीका कारण विगत २४ घण्टामा एक हजार ११९ व्यक्तिको मृत्यु भएको बताइएको छ ।
यसैगरी ब्राजिलमा विगत २४ घण्टामा कोभिडबाट थप सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या ५९ हजार ८२६ पुगेको र अहिलेसम्म ब्राजिलमा ९१ लाख १८ हजारभन्दा बढीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । ब्राजिलको बढी जनसङ्ख्या रहेको साओ पाउलो राज्य सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यहाँ १७ लाख ५९ हजार व्यक्तिमा सङ्क्रमित भएका र ५२ हजार ७२२ व्यक्तिको यसै कारण मृत्यु भएको छ ।
त्यसैगरी, अर्को बढी प्रभावित राज्य रियो दि जेनेरियोमा पाँच लाख १६ हजारभन्दा बढी सङ्क्रमित र २९ हजार ५६३ व्यक्तिको मृत्यु भएको छ । अमेरिकापछि विश्वकै बढी कोभिड सङ्क्रमित रहेको मुलुक भारत हो यद्यपि मृत्युका हिसाबले ब्राजिल दोस्रो बढी प्रभावित मानिन्छ ।
ब्राजिलको उत्तरी राज्य अम्याजोन्समा नयाँ प्रकारको भाइरस फेला परेको र यो पहिलेकोभन्दा सङ्क्रमणका हिसाबले कैयौं गुणा खतरा हुने विशेषज्ञहरूले बताएका छन् ।
ब्राजिलमा सङ्क्रमण दर उच्च रहेपछि बेलायत, पोर्चुगल, इटाली, कोलम्बिया, टर्की, पेरू र इजरायललगायतका मुलुकले ब्राजिलका लागि अन्तर्राष्ट्रिय उडान अनिश्चितकालका लागि रोकेका छन् ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

यूएन महासभामा प्रधानमन्त्री शाहको सम्बोधन: जलवायु न्याय, क्षतिपूर्ति र सहकार्यमा जोड

१२ घन्टा अगाडि

स्विट्जरल्याण्डको ज्युरिकमा ‘नेपाल टेक रोड शो २०२६’

१ दिन अगाडि

शक्तिशाली एल निनोका कारण थप चार लाख ५१ हजारको मृत्यु हुन सक्ने चेतावनी

२ दिन अगाडि

हाम्रो सिफारिस

सेन्ट्रल लन्डनमा अडियोलोजी क्लिनिक चलाउँछन् राजन

सेप्टेम्बर १२, २०२६

संघर्षले चम्किएका दयानिधि- सामाजिक अभियन्ताको प्रेरणादायी व्यवसायिक सफलता

जुन २८, २०२६

बेलायतको राजनीति पनि अस्थिर बन्दै, ७ वर्षमा फेरिए ५ प्रधानमन्त्री

मे १८, २०२६
ताजा अपडेट्स
  • बेलायत कांग्रेसमा नयाँ नेतृत्वको दौड, सभापतिका लागि इन्द्रहाङ लिङ्देन मैदानमा
  • बेलायतको अक्सफोर्डबाट पठाइयो २५ लाख ५० हजार रुपैयाँको राहत
  • लन्डन दूतावासमा ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलको २५औँ वार्षिकोत्सव
  • शान्ति नेपाली समाज बेलायतबाट बाढीपीडित राहतमा ३९ लाख बढी सहयोग
  • नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन प्रयोजनका लागि सल्लाहकारहरु मनोनित
ट्रेन्डिङ
  • १
    गोर्खाको नागरिकता मुद्दाबारे तमु धीं यूकेले बुझायो ज्ञापन, तत्कालै ‘एक्सन’ मा गृहमन्त्री
  • २
    बैंकिङ कारोबारमा राष्ट्रिय परिचय पत्र चाहिने व्यवस्था स्थगन गर्न गोर्खा सत्याग्रहको माग
  • ३
    इंगल्याण्डमा भाडामा लगाइएका घरहरूको दर्ता प्रक्रिया चरणबद्ध रूपमा सुरु गर्ने घोषणा
  • ४
    क्षेत्री समाज यूकेबाट बाढीपीडितका लागि २३ लाख ८२ हजार रुपैयाँ हस्तान्तरण
  • ५
    जनसम्पर्क समिति बेलायतको संयोजक तोकिए शेर सुनार, एक साताभित्रै अधिवेशन गराउने जिम्मेवारी

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.