• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
आइतबार, २ नोभेम्बर, २०२५
14:14 | १९:५९

ब्राजिलमा दुई लाख २२ हजार सङ्क्रमितको मृत्यु

रासस/सिन्ह्वा जनवरी ३०, २०२१

तस्विर एएफपी

रियो दि जेनेरियो, १७ माघ–ब्राजिलमा करिब एक वर्षको अन्तरालमा दुई लाख २२ हजार ६६६ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार पुष्टि गरेको छ । यस महामारीका कारण विगत २४ घण्टामा एक हजार ११९ व्यक्तिको मृत्यु भएको बताइएको छ ।
यसैगरी ब्राजिलमा विगत २४ घण्टामा कोभिडबाट थप सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या ५९ हजार ८२६ पुगेको र अहिलेसम्म ब्राजिलमा ९१ लाख १८ हजारभन्दा बढीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । ब्राजिलको बढी जनसङ्ख्या रहेको साओ पाउलो राज्य सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यहाँ १७ लाख ५९ हजार व्यक्तिमा सङ्क्रमित भएका र ५२ हजार ७२२ व्यक्तिको यसै कारण मृत्यु भएको छ ।
त्यसैगरी, अर्को बढी प्रभावित राज्य रियो दि जेनेरियोमा पाँच लाख १६ हजारभन्दा बढी सङ्क्रमित र २९ हजार ५६३ व्यक्तिको मृत्यु भएको छ । अमेरिकापछि विश्वकै बढी कोभिड सङ्क्रमित रहेको मुलुक भारत हो यद्यपि मृत्युका हिसाबले ब्राजिल दोस्रो बढी प्रभावित मानिन्छ ।
ब्राजिलको उत्तरी राज्य अम्याजोन्समा नयाँ प्रकारको भाइरस फेला परेको र यो पहिलेकोभन्दा सङ्क्रमणका हिसाबले कैयौं गुणा खतरा हुने विशेषज्ञहरूले बताएका छन् ।
ब्राजिलमा सङ्क्रमण दर उच्च रहेपछि बेलायत, पोर्चुगल, इटाली, कोलम्बिया, टर्की, पेरू र इजरायललगायतका मुलुकले ब्राजिलका लागि अन्तर्राष्ट्रिय उडान अनिश्चितकालका लागि रोकेका छन् ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

मलेसियामा भ्रष्टाचार विरोधी राष्ट्रव्यापी कारबाहीमा दुई हजार बढी पक्राउ

२ दिन अगाडि

अमेरिकी प्रतिबन्धपछि रुसको प्रमुख तेल कम्पनीद्वारा अन्तर्राष्ट्रिय सम्पत्ति बेच्ने घोषणा

अक्टोबर २८, २०२५

इएएस सम्मेलनमा विपद तयारी र प्रतिक्रियामा स्थानीयकरण प्रवर्धन गर्ने ऐतिहासिक वक्तव्य

अक्टोबर २८, २०२५

हाम्रो सिफारिस

बेलायत आप्रवासीप्रति थप कठोर, वर्क परमिट लिन २२ जुलाईबाट झन् कडाइ

जुलाइ ७, २०२५

लन्डनमा स्वर्णिम: ठूला दलले समाप्त पार्न खोज्दा रास्वपा झन् बलियो बन्दैछ (भिडियो)

अप्रिल २८, २०२५

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)

मार्च १५, २०२५
ताजा अपडेट्स
  • बेलायतसहितका राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
  • बेलायतमा रेलभित्र कैयौँलाई छुरा प्रहार
  • नेपाल अमेरिकासँग चार विकेटले पराजित
  • प्रधानन्यायाधीश राउत नेतृत्वको भ्रमण टोली बङ्गलादेश प्रस्थान
  • एपेक शिखर सम्मेलन: क्षेत्रीय आर्थिक सहकार्य र साझा समृद्धिका लागि प्रतिबद्धता
ट्रेन्डिङ
  • १
    लन्डनमा युविन तामाङ मृत्यु प्रकरण: र्‍यापर गेट्स अदालतमा, हिरासतमै राख्न आदेश
  • २
    नर्थहोल्ट टेन के रनमा सहभागी हुन ५०० बढी नाम दर्ता
  • ३
    इएएस सम्मेलनमा विपद तयारी र प्रतिक्रियामा स्थानीयकरण प्रवर्धन गर्ने ऐतिहासिक वक्तव्य
  • ४
    इनास यूकेको घोषणा सभामा सम्मानित भए कैयौं श्रष्टा र कलाकारहरु
  • ५
    उपत्यकासहित तराई मधेशका जिल्लामा छठ पूजा (फोटो फिचर)

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.