शुक्रबार, वैशाख २१, २०८१
01:04 | ०५:४९

कोरोनाले थलिएको विश्व अर्थतन्त्र सुधारको प्रतीक्षामा

रासस-एएफपी जनवरी २७, २०२१

काठमाडौं, १४ माघ– सन् २०२० मा कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण गम्भीर सङ्कट झेलेको विश्व अर्थतन्त्रले यस वर्ष सशक्त सुधारको अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मंगलबार गरेको सार्वजनिक रिपोर्टले सन् २०२१ विश्व अर्थतन्त्र सुधारको लागि महत्वपूर्ण वर्ष बन्ने प्रक्षेपण गरेको छ ।

आइएमएफका प्रमुख अर्थशास्त्री गीता गोपीनाथले अहिलेको अवस्थामा २०२० देखि २०२५ सम्मको अनुमानित उत्पादन घाटा संचय २२ ट्रिलियन अर्थात् पूरै अमेरिकी अर्थतन्त्र बराबर हुनसक्ने प्रतिवेदन सार्वजनिक भएपछि पत्रकारहरूसँगको कुराकानीमा बताइन् । यो महामारी पूर्व गरिएको प्रक्षेपणको तुलनामा अत्यधिक संचयी उत्पादन घाटा हो ।

कोभिड–१९ विरूद्धका नयाँ खोपको उत्पादनले महामारीलाई नियन्त्रण गर्ने र आर्थिक गतिविधि पुनः सुरु गर्न सहयोग पुरयाउने आशाले यस वर्षको आर्थिक वृद्धि ५.५ प्रतिशतमा बढाउने आईएमएफको पछिल्लो ‘वल्र्ड इकोनोमिक आउटलुक (डब्लुईओ)’ प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि वासिङ्गटनस्थित यस निकायले यस्तो दृष्टिकोण कोभिड–१९ ले ल्याएको ‘असाधारण अनिश्चितता’ बीच ल्याएको हो । विश्व अर्थतन्त्रका लागि निकै खराब समय वा सङ्कटपछि विश्वका प्रमुख अर्थतन्त्र भएका मुलुक र सबै देशहरूले चिरस्थायी क्षति रोक्नको लागि अग्रगामी कदम चाल्नु पर्ने हुन्छ ।

महामारीको अन्त्य गर्न खोपहरू विकास र अनुसन्धानको दौड र भाइरसको परिवर्तित स्वरूपबारे प्रभावकारी सहयोग पुरयाउने नीतिहरूलाई सशक्त पार्नुपर्ने विश्लेषकहरूको भनाइ छ ।

सन् २०२० मा विश्वव्यापी संकुचन वृद्धि ३.५ प्रतिशत हुने कोषको अपग्रेडपछि ‘सन् २०२१ पछि खोपको कारण महामारीमा आउने नियन्त्रण र त्यसपछि सञ्चालन हुने गतिविधिलाई मजबुत पार्ने अपेक्षा अमेरिका, जापानलगायतका केही ठूला अर्थतन्त्रहरूमा थप नीतिगत समर्थन पनि प्रतिबिम्बित गरेको प्रतिवेदनले जनाएको छ ।

घटनाक्रमहरूले ‘सन् २०२१-०२२ मा विश्वव्यापी आर्थिक दृष्टिकोणको लागि बलियो सुरूवात बिन्दु’ सिर्जना गर्ने प्रतिवेदनमा उल्लेख छ । जे होस्, “सन् २०२० को गम्भीर संकुचनबाट लगातार हुने क्षतिलाई सीमित गर्न र निरन्तर पुनःप्राप्ति सुनिश्चित गर्न स्वास्थ्य र आर्थिक नीतिमा धेरै काम बाँकी छ ।”

केही देशहरूमा बढ्दो सङ्क्रमण र नयाँ कोभिड–१९ का प्रकारले पुनः लकडाउन हुने वातावरण र खोप वितरण व्यवस्थामा आउनसक्ने समस्याहरूको कारण बनेको छ प्रतिवेदनमा उल्लेख छ । गोपीनाथले भनिन्, ‘महामारी पूर्वको अवस्थामा पुग्न नसकेका विश्वका ११० मुलुकहरूमा सन् २०२२ सम्ममा करिब नौ करोड मानिस अत्यधिक गरिबीको शिकार हुनुपर्नेछ ।’

महामारी नियन्त्रण भई स्थिरता नहुँदासम्म कोषले संघर्षरत परिवार र व्यवसायलाई जीवनयापन प्रदान गर्न सरकारहरूलाई आग्रह गरेको छ । डिसेम्बरको अन्त्यमा अर्को ठूलो सरकारी प्रोत्साहन प्याकेजलाई अनुमोदन गरेको अमेरिकामा आइएमएफले अघिल्लो वर्ष गरेको ५.५ प्रतिशतको प्रक्षेपणभन्दा पूर्ण दुई अंक बढी हुने अपेक्षा गरेको छ । यो अमेरिकी अर्थतन्त्रका लागि सन् १९८४ पछि सबैभन्दा सवल दर हुनेछ ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले १.९ ट्रिलियन अमेरिकी डलर लागतको अर्को ठूलो आर्थिक उद्धार योजनाका लागि जोड दिइरहेका छन् । यसले अमेरिकी परिवार, व्यवसाय र महामारीका कारण आर्थिकरूपमा संघर्षरत राज्य र स्थानीय सरकारलाई थप सहयोग पु¥याउने विश्वास अमेरिकाले गरेको छ । प्रारम्भिक खर्चको स्तर अनुमानले यस वर्ष अमेरिकी कूल गार्हस्थ उत्पादन १.२५ प्रतिशत र तीन बर्षमा पाँच प्रतिशत बढाउने देखाएको गोपीनाथको भनाइ छ ।

जापानले पनि डिसेम्बरमा स्वीकृत सहायता प्याकेजबाट फाइदा लिइरहेको छ र आईएमएफले २०२१ को वृद्धि पूर्वानुमान आठ दशांश ले वृद्धि भइ ३.१ प्रतिशतमा पुग्ने बताएको छ । ती प्रोत्साहन उपायहरूले पनि ‘व्यापारिक सहयोगीलाई अनुकूल प्रोत्साहन’ प्रदान गर्ने प्रतिवेदनमा उल्लेख छ ।

आइएमएफले चीनको अर्थतन्त्रलाई ८.८ प्रतिशतको बृद्धि हुने अनुमान गरेको छ जुन अक्टोबरको पूर्वानुमानको तुलनामा अलिक कम हो । तर भारतको आर्थिक वृद्धिदर ११.५ अर्थात् यस पहिले अनुमान गरिएभन्दा २.७ अङ्कले माथि उठ्ने देखाइएको छ ।

यूरोपमा देखिएको नयाँ प्रकारका कोभिड–१९ का भाइरस र फैलावटमा देखिएको वृद्धिसँगै यूरोपेली मुलुकहरूका सरकारहरूले पुनः लकडाउनको नीतिलाई अघि सारेका छन् । यहाँ बढ्दो सङ्क्रामक भाइरस तनावको बीचमा निशेधाज्ञा पनि राखिएको छ जसका कारण आईएमएफले यहाँका अधिकांश देशहरूको वृद्धि पूर्वानुमानलाई घटाएको छ ।

जर्मनी, फ्रान्स, स्पेन र इटलीको महत्वपूर्ण गिरावटका कारण युरो क्षेत्रको वृद्धि अनुमानलाई ४.२ प्रतिशतको पूर्ण अङ्कले कटौती गरिएको छ । आइएमएफका अनुसार युरोपियन युनियनबाट बाहिर निस्कँदा लन्डनले अन्तिम समयमा युरोपेली संघसँग गरेको सम्झौताले आर्थिक परिणामलाई ठूलो जोखिमबाटमा रोक्न सफल भएको छ तर कोषले बेलायतको लागि पनि आर्थिक वृद्धिको पूर्वानुमान घटाएको छ ।

अनुवाद: दिलीप शर्मा

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू