बेलायतमा कोरोनाबाट मृत्यु हुने ८९ हजार बढी
२४ घन्टामा ६७१ संक्रमितको मृत्यु


लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण २८ दिनभित्र मृत्यु हुनेको संख्या ८९ हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप ६७१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससंगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८९ हजार २६१ पुगेको छ । अघिल्लो दिन शनिबार १२९५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो, जुन महामारी शुरु भएयता शनिबारको सबैभन्दा बढी संख्या हो ।
पछिल्लो एकसातामा मात्र तीन हजार ४१७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यसैगरी बितेको २४ घण्टाभित्र ३८ हजार ५९८ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३३ लाख ९५ हजार ९५९ पुगेको छ । बेलायतमा झन्डै तीन हप्ता पुग्न लाग्दा संक्रमित संख्या ४० हजारभन्दा कम भएको हो ।
हाल बेलायतका अस्पतालमा ३७ हजार भन्दा बढी कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ ।
बेलायतमा कोरोना संक्रमण दर अत्यधिक रुपमा बढेपछि फाइजर र अक्सफोर्डको खोपलाई तीव्रता दिइएको छ । आइतबारसम्ममा ४३ लाख ७ हजारभन्दा बढी खोप वितरण गरिसकिएको छ । जसमध्ये ३८ लाख ५७ हजार २६६ जनाले पहिलो डोज लगाएका छन् भने चार लाख ४९ हजार ७३६ ले दोस्रो तथा अन्तिम डोज लिएका छन् ।
सरकारले आज दिएको जानकारी अनुसार एक मिनेटमा १४० खोप वितरण गरिएको छ जुन संक्रमित हुने संख्या भन्दा धेरै हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५