बुधबार, जेठ १, २०८२
14:05 | १८:५०

पूर्व गोर्खा आरोही निर्मलको अर्को विश्व कीर्तिमान

नेपाली लिङ्क जनवरी १६, २०२१

लन्डन । आरोहणमा विश्व कीर्तिमान राखेका पूर्व गोर्खा आरोही निर्मल पूर्जाले अर्को विश्व कीर्तिमान बनाएका छन् । 

जाडो याममा एकदम खतरनाक मानिने पाकिस्तान र चीनको सीमामा अवस्थित ८ हजार ६११ मिटर अग्लो ‘के टु’ हिमालको सफल आरोहण गरेर उनले नयां कीर्तिमान बनाएका हुन् ।

‘असम्भव कुरा सम्भव भएको छ’, उनले शनिबार आफ्नो फेसबुक पेजमार्फत भनेका छन्, ‘मानव जातीकै लागि र नेपालका लागि इतिहास रचिएको छ ।’

स्थानीय समयानुसार सांझ ५ बजे उनीसहित १० जनाको टोली हिमालको चुचुरोमा पुग्न सफल भएको थियो । उनीहरुले आरोहण सफलता पश्चात नेपाली राष्ट्रिय गान समेत गाएका थिए ।

यसअघि गत साता आरोहणको उनको योजना प्रतिकुल मौसमका कारण पुरा हुन सकेको थिएन ।

निर्मलले सन् २०१९ मा ६ महिनाभित्रै विश्वका ८ हजारमाथिका सबै अग्ला १४ हिमालको सफल आरोहण गरेर विश्व किर्तिमान बनाएका थिए । 

म्याग्दीमा जन्मिएका  निर्मल बेलायती महारानीबाट प्रतिष्ठित ‘एमबीई’ पदकले पनि सम्मानित भइसकेका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू