यूकेको फर्लो स्किम एक महिना थपेर अप्रिलसम्म लम्ब्याइने



अर्थमन्त्री ऋषि सुनाक
लण्डन । बेलायत सरकारले महामारीका कारण बन्द वा प्रभावित कम्पनीका कामदारको लागि ल्याएको फर्लो स्किम एक महिना थप गर्ने भएको छ ।
महामारीका कारण काम गर्न असमर्थ कामदारको ८० प्रतिशतसम्म तलब सरकारले नै व्यहोर्ने यो स्किम अब आउंदो वर्षको अप्रील महिनासम्म कायम रहनेछ ।
बिहीबार बेलायत सरकारका अर्थमन्त्री ऋषि सुनाकले कोभिडले संकटमा पारेको देशको अर्थतन्त्रलाई जोगाउन र नागरिकको जीवनयापन सहज पार्न सरकारले फर्लोको राहत स्किम थप गरिएको घोषणा गरे ।
त्यस्तै, सरकार नै ग्यारेन्टी बसेर कम्पनीहरुको लागि ऋण उपलब्ध गराइने सुविधा पनि मार्च महिनासम्म लम्ब्याइने भएको छ । जुन स्किम जनवरीको अन्त्यमा सकिँदै थियो ।
यसअघि गत वर्षको मार्चदेखि नै शुरु गरिएको फर्लो स्किम बढाएर आउंदो मार्च महिनासम्म पुर्याइएको थियो ।
म्याद थप गरिएको ‘फर्लो’ दावी गर्नका लागि यसअघिकै मापदण्डहरुमा कुनै परिवर्तन गरिएको छैन ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५